आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

एकैदिनमा जथाभावी हर्न बजाउने १७१ चालकलाई कार्वाही

एकैदिनमा जथाभावी हर्न बजाउने १७१ चालकलाई कार्वाही

अपराध, समाचार, समाज
काठमाडौं— फागुन १३। ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरानाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरुपमा निषेध गरिएको जानकारी दिए । ‘ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपर...
ट्राफिक प्रहरीलाई  जेसिआई काठ्माण्डौ लेडी नेपालको फोटोग्राफी  तालिम

ट्राफिक प्रहरीलाई जेसिआई काठ्माण्डौ लेडी नेपालको फोटोग्राफी तालिम

समाचार, समाज
जेसिआई काठ्माण्डौ लेडी नेपालले आयोजना गरेको ट्राफिक प्रहरीहरूलाई लक्षित मोबाइल क्यामरा केन्द्रित फोटोग्राफी सम्बन्धित तालिम सम्पन्न भएको छ । सडक दुर्घटना स्थलमा कुनै दुर्घटना घटेमा पिडितले न्याय पाउन सकुन र कुनै निर्दोष व्यक्ति पिडित हुन नपरोस भन्ने उदेश्यका साथ ३ दिने फोटोग्राफी तालिमको आयोजना गरिएको थियो । क्यामराको किसिम , कार्य , मोड तथा चलाउने तरिका , दुर्घटना स्थलमा कुन तरिकाले तस्विर खिच्दा स्पस्ट देखिने , राति को समयमा कसरी मोबाइल क्यामरा प्रयोग गर्ने तरिका लगायतका तालिम प्रदान गरिएको थियो । फोटोग्राफर कमल प्रजापति तथा प्रबिण टक्की कार्कीले ट्राफिक प्रहरीलाई ३ दिने क्यामरा सम्बन्धि विविध प्रसिक्षण दिएका थिए । भने कार्यक्रम समापनका अवसरमा आयोजित कार्यक्रममा बरिष्ठ फोटोग्राफर राजभाइ सुवालले प्रसिक्षार्थीहरुलाई दुर्घटना श्रीजीत गरेर बाटोमा प्रयोगात्मक कक्षा संचालन तथा अभ्यास ग...
बलात्कार गरेको आरोप लागेका वडा अध्यक्ष पुर्पक्षका लागि थुनामा

बलात्कार गरेको आरोप लागेका वडा अध्यक्ष पुर्पक्षका लागि थुनामा

अपराध, समाचार, समाज
नवलपुर— २८, माघ । नवलपुरको एक जना महिलालाई बलात्कार गरेको आरोप लागेका तनहुँको घिरिङ गाउँपालिका -४ का वडाअध्यक्ष झकबहादुर कुमाललाई पुर्पक्षका लागि थुनामा राखिएको छ । जिल्ला अदालत नवलपरासी पूर्वले सोमबार कुमाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । गत बैशाख २५ गते वडा अध्यक्ष कुमालले नवलपुरको बौदीकाली -२ स्थित जंगलमा ती महिलालाई करणी गरेको आरोप लागेको हो । बैशाख ३० गते युवतीले जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा उजुरी दिएकी थिइन् । घटनापछि फरार रहेका अध्यक्ष कुमाललाई प्रहरीले खोजी गरिराखेको थियो । अदालतले प्रकाउ पुर्जी जारी गरेपछि उनले नवलपुर प्रहरीसामु सोमबार आत्मासर्पण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । उनलाई जिल्ला कारागार चितवन चलान गरिएको छ । घटना नवलपुरमा भएकाले वडाअध्यक्ष कुमाल तनहुँका भएपनि नवलपुरबाटै नै म...
सार्क सम्मेलनमा आएका विदेशी पाहुनाका लागि ओछ्याइएको रातो कार्पेटमा समेत भ्रष्टाचार

सार्क सम्मेलनमा आएका विदेशी पाहुनाका लागि ओछ्याइएको रातो कार्पेटमा समेत भ्रष्टाचार

आर्थिक, समाचार, समाज
काठमाडौं— २८, माघ । किन्न खोजिएको कम्पनीको स्पेसिफिकेसन तोकेर टेन्डर नेपाली सेनाका लागि एक थान हेलिकोप्टर खरिद गर्न दुई वर्षअघि सरकारले रकमान्तर गरी एक अर्ब ६८ करोड रुपैयाँ निकासा दिएको थियो । सेनाको नीति तथा योजना निर्देशनालयले इटालीको अगस्ता कम्पनीसँग हेलिकोप्टरको मूल्य पहिल्यै मागेको थियो । अगस्ताले दिएको एक करोड ४० लाख युरोलाई नै अनुमानित मूल्य मानेर सेनाले टेन्डर माग्यो । खरिद हुने हेलिकोप्टरको विशेषता पनि अगस्तासँग मात्र मिल्ने गरी राखिएको थियो । अगस्ताको हेलिकोप्टर उपलब्ध गराउन इटालीकै कम्पनी लियोनोर्डो एसपिएले मात्र टेन्डर हाल्यो । तर, १६ असार ०७३ को मन्त्रिपरिषद् बैठकले प्रतिस्पर्धा सुनिश्चित गरेर मात्र हेलिकोप्टर खरिद गर्न स्वीकृत दिएको थियो । तर, सेनाले प्रतिस्पर्धाविनै एउटै कम्पनीको कोटेसनका आधारमा एक करोड ३९ लाख ८४ हजार २ सय ४३ युरोमा हेलिकोप्टर किन्यो । यसरी तत्कालीन व...
पोखरा लेकसाइडमा १४ वर्षीय एक बालकको हत्या

पोखरा लेकसाइडमा १४ वर्षीय एक बालकको हत्या

अपराध, समाचार, समाज
कास्की— २८, माघ । पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या भएको छ । पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको गएराति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । बालकको शब हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको हो । घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको कार्कीले बताए । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । (रासस)...
सुनसरीमा छुरा प्रहार गरी महिलाको हत्या

सुनसरीमा छुरा प्रहार गरी महिलाको हत्या

अपराध, समाचार, समाज
सुनसरी— २८, माघ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेका हुन् । लालबहादुरलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । मृतक सोनिया विवाहित हुन् । उनका श्रीमान् विदेशमा छन् । हत्याबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि चौलागाईले बताए । (रासस)...
ललितपुरको भैंसेपाटीस्थित नख्खु टोलमा रहेको फोम गोदाममा आगलागी

ललितपुरको भैंसेपाटीस्थित नख्खु टोलमा रहेको फोम गोदाममा आगलागी

समाचार, समाज
काठमाडौं— २८, माघ । ललितपुरको भैसेपाटीस्थित नख्खु टोलमा रहेको फोम गोदाममा आगलागी भएको छ । सोमबार दिउँसो भएको आगलागीमा गदाममा पूर्ण रुपमा नष्ट भएको छ । ललितपुर प्रहरी प्रमुख रवीन्द्र धानुकका अनुसार डीएन आरडी ट्रेडर्सले बिछ्यौउन बनाउन प्रयोग गरिने फोम राखेको गोदाममा आगलागी भएको हो । आगो लागेको जनाकारी पछि काठमाडौं, ललितपुर र नेपाली सेनाका दमकलहरु परिचालन गरेर आगो निभाइएको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु पनि आगो नियन्त्रणका लागि खटिएका थिए । (कान्तिपुर दैनिक)...
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यद्वारा तथ्यमा आधारित रहेर पत्रकारिता गर्न सुझाव

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यद्वारा तथ्यमा आधारित रहेर पत्रकारिता गर्न सुझाव

समाचार, समाज
काठमाडौं— २८, माघ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पत्रकारहरुलाई तथ्यमा आधारित पत्रकारिता गर्न आग्रह गरे । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले पत्रकारसँगको सहकार्यमा समृद्धिको लागि हातेमालो गर्न आफू तयार रहेको पनि बताए । ‘रानीपोखरी पुनर्निर्माणको लागि महानगरपालिका सक्षम छ । हामीले बजेट दिन्छौं भनेका छौं । तर अहिले आएर पुनर्निर्माण प्रधिकरणले बनाउने भएको छ,’ शाक्यको भनाई थियो । महानगरले गर्ने प्रत्येक काममा एउटा पक्षले सधैं विरोध गर्दै आएको भन्दै शाक्यले आम नागरिकलाई तथ्यगत समाचार दिन पनि आग्रह गरे । देशैभरका नागरिक बस्ने राजधानी शहर व्यवस्थित र समृद्ध बनाउन साँचो अर्थको पत्रकारिता आवश्यक रहेको उनको भनाई थियो । हुन पनि काठमाडौं महानगरलाई पुनर्निर्माणको जिम्मा दिएर २ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी शिलान्यास गरेकी ...
ललितपुर महानगरपालिका—५ को भिन्न भिन्न ठाउँमा मा एकै दिन महत्वपूर्ण तीन कार्यक्रम सम्पन्न

ललितपुर महानगरपालिका—५ को भिन्न भिन्न ठाउँमा मा एकै दिन महत्वपूर्ण तीन कार्यक्रम सम्पन्न

समाचार, समाज
ललितपुर— २७, माघ । ललितपुर महानगरपालिका वडा नम्बर पाचमा माघ २६ गते तीन वटा महत्वपूर्ण कार्यक्रम सम्पन्न भएका छन । भिन्न भिन्न ठाउँमा आयोजना भएका उक्त कार्यक्रमको समानता एउटै थियो, त्यो के भने, वडा अध्यक्ष विकासमान श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रमको अायोजना । शनिबार आयोजित कार्यक्रममा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम, आत्म रक्षा तालिम समापन कार्यक्रम र सोही वडा स्थित दक्षिणकाली टोल विकास संस्थाको वार्षिक साधारणसभा रहेका छन ।   बाल प्रतिभा प्रस्फुटन कार्यक्रम बाल अधिकार संरक्षण तथा सम्बर्द्धन समिती - ५ र ललितपुर महानगर स्थित लगनेश्वर बाल समूह र बाल प्रतिभा समूहको सयुक्त आयोजनामा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम सप्पन्न भए छ । अक्सब्रिज कलेज प्राङणमा आयोजित सो कार्यक्रममा करिब १५० बालबालिकाले उपस्थिती जनाएका थिए । कार्यक्रममा बालबालिकाहरुले नाच, गीत नाटक आदी प्रस्तुत गरे...
प्रहरीका अधिकारी बढुवा विवाद, एसपी उप्रेतीले दिए राजीनामा

प्रहरीका अधिकारी बढुवा विवाद, एसपी उप्रेतीले दिए राजीनामा

समाचार, समाज
काठमाडौं— २७, माघ । शनिबार बेलुका नेपाल प्रहरीका एसएसपी र एसपी पदमा बढुवा सिफारिस भएको छ । बढुवामा चरम पक्षपाती भएको भन्दै एक एसपीले राजीनामा दिएका छन् । महानगरीय अपराध महाशाखामा कार्यरत एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका छन् । संगठनले अयोग्य ठानेर बढुवा नदिएपछि राजीनामा दिएको उनले बताए । ‘मेरो करिअर चौपट बनाइदिए,’ उनले भने,‘त्यही कारण अब पदमा बस्नु उचित ठानिन ।’ बढुवामा अन्य प्रहरी अधिकारीले पनि असन्तुष्टि जनाएका छन् । यसपटकको बढुवामा नेताका निकट प्रहरी अधिकारीले छलाङ मारेको आरोप लागेको छ । को-को भए बढुवा ? १४ जना एसपी एसएसपी बढुवाको सिफारिसमा परेका छन् । जसमा सन्दीप भण्डारी पहिलो नम्बरमा सिफारिस भएका छन् । यसअघि उनी तेस्रो नम्बरमा थिए । त्यस्तै टेकप्रसाद राई, दोस्रो, उमेशराज जोशी तेस्रो र श्यालाल ज्ञवाली चौथो नम्बरमा सिफारिसमा परेका छन् । तयस्तै डा. गणेश रेग्मी, रामदत्त जोश...