आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

गजित विष्ट अभिनित  ‘मैले भन्दा धेरै माया…’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

गजित विष्ट अभिनित ‘मैले भन्दा धेरै माया…’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाज
काठमाडौं— २७, माघ । गीतकार दीपकराज पाठकको गीत ‘मैले भन्दा धेरै माया’ सार्वजनिक भएको छ । विपिन आचार्यको सङ्गीत एवम् सङ्गीत संयोजन र माण्डवी त्रिपाठीको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । दीपकराजकै निर्देशन रहेको गीतको भिडियोमा गजित विष्ट र कसिस दाहाललाई प्रमुख भूमिकामा फिचरिङ गरिएको छ भने रिता विन्दु पाण्डे, एलिना पाठक, प्रकाश लम्सालको समेत अभिनय रहेको छ । शिवराम श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । दर्जनौं गीत लेखेर रेकर्ड गराए पनि गीतकारको परिचय भित्रको अर्को निर्देशनको क्षमता पाठकले यो भिडियो मार्फत देखाउन सफल भएका छन् । भिडियो https://youtu.be/h1AX4gLWv5w...
गजुरीबाट ३६० किलो चरेशसहित ३ भारतीय पक्राउ

गजुरीबाट ३६० किलो चरेशसहित ३ भारतीय पक्राउ

अपराध, समाचार, समाज
धादिङ— २७, माघ । आइतबार बिहान लागुऔषध नियन्त्रण ब्युरोको सहयोगमा गजुरी प्रहरीले ठुलो परिणाममा लागु औषध चरेश बरामद गरेको छ । काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै वीरगंजतर्फ जानलागेको भारतीय कन्टेनरमा लुकाई छिपाई भारततर्फ लैजाँदै गरेको तीन सय ६० किलो चरेशसहित ३ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । प्रहरी टोलीले एसआर ५५ एम ९४८४ नम्बरको भारतीय नम्बरको कन्टेनर आइतबार बिहान गजुरी बजारमा रोकेर चेक गर्दा चरेश फेला परेको हो । बरामद गरिएको चरेश सँगै भारत उत्तर प्रदेशका ओमप्रकाश, मोतिहारी जिल्लाका गुलाफ खानलाई पनि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । एकजनाको भने परिचय खुल्न सकेको छैन । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय गजुरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार आइतबार बिहानपक्राउ परेको लागुऔषध चरेस यो वर्षको अहिले सम्मकै सबैभन्दा ठुलो परिमाणको ह...
वाग्मती सरसफाइको ३०० औं सप्ताह सम्पन्न

वाग्मती सरसफाइको ३०० औं सप्ताह सम्पन्न

समाचार, समाज
काठमाडौं— २७, माघ । वाग्मती सरसफाइ अभियानले तीन सयौं सप्ताह पूरा गरेको छ । शनिबार यस अवसरमा शंखमूलमा आयोजित कार्यक्रममा सरकारका मन्त्री, सरकारी कर्मचारीका साथै नदी र सडक सरसफाइमा संलग्न अभियन्ताहरूको सहभागिता थियो । सहरी विकास मन्त्रालयले ‘स्वच्छता मेरो पहिचान, सफाइ मेरो योगदान’ भन्ने मूल नाराका साथ तीन सयौं हप्ता मनाएको छ । हालसम्म वाग्मतीबाट १२ हजार मेट्रिकटनभन्दा बढी फोहोर निकालिसकिएको सहरी विकास मन्त्रालयले जनाएको छ । नदी किनारमा हरियाली बढाउने उद्देश्यले दर्जनभन्दा बढी पार्क निर्माण गरिएको छ । नदी सरसफाइका लागि उपत्यकामा साढे ७ लाख स्वयंसेवी र २१ सयभन्दा बढी संघसंस्था परिचालित रहेको मन्त्रालयको तथ्यांक छ । कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नदी फोहोर हुनुमा सर्वसाधारणकै कार्यशैली दोषी रहेको बताए । उनले भने, ‘वाग्मती र सबै नदीनालालाई हामीले फोहोर विसर्जन ...
विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी  देशभर श्रीपञ्चमी मनाइदै

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर श्रीपञ्चमी मनाइदै

शिक्षा, समाचार, समाज
काठमाडौं— २७, माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आइतबार देशभर मनाइँदै छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ । श्रीपञ्चमीका दिन सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्तानामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्नाकला–साधनाका वस्तु कलम, कापी, कुची र वा...
चालीसजना प्रहरी अधिकारीको बढुवाका लागि सिफारिस

चालीसजना प्रहरी अधिकारीको बढुवाका लागि सिफारिस

समाचार, समाज
काठमाडौं— २७, माघ । नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । नेपाल प्रहरीको जनपद समूहअन्तर्गत शनिबार बसेको बढुवा समितिको बैठकले सिफारिस सूची प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उमनियम ९४० अनुसार उनीहरुलाई बढुवाका लागि सिफारिश गरिएको बढुवा सिफारिश समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले जानकारी दिए। एसएसपी बढुवा सिफारिस हुनेमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीम ढकालछन्। यस्तै डिएसपीबाट एसपीमा बढुवा सिफारिस हुनेमा रमेशकुमार बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष...
राष्ट्रपतिबाट वसन्त श्रवण

राष्ट्रपतिबाट वसन्त श्रवण

समाचार, समाज
काठमाडौं— २७, माघ । काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको न्यासल चोक पुगेर आज राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले हनुमान ढोकाका मूलपुरोहितबाट बिहान ८ बजेर २४ मिनेटको शुभसाइतमा वसन्त श्रवण गर्नुभएको हो । राष्ट्रपतिलाई मुलपुरोहितले टीका तथा प्रसाद समेत प्रदान गरे । वसन्त श्रवणका निम्ति उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत हनुमानढोका् पुग्नुभएको थियो ।...
जिप दुर्घटनामा परि पाँचको मृत्यु

जिप दुर्घटनामा परि पाँचको मृत्यु

समाचार, समाज
काठमाडौं— २४, माघ । सिन्धुलीको फिक्कल गाउँपालिका–२, चण्डी भञ्ज्याङमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । बा१५च ९४२२ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल खस्दा दुर्घटनामा परी ९ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । महादेव डाँडाबाट सदरमुकाम सिन्धुलीमाडीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो । गम्भीर घाइतेहरुको खुर्कोट अस्पताल उपचार भइरहेको तथा मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । गएराति नै सिन्धुलीकै सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा जन्ती सवार टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।...
विप्लव निकट अखिल (क्रान्तिकारी)को आम शैक्षिक हड्तालका कारण देशभरका अधिकांश विद्यालयको पठनपाठन प्रभावित

विप्लव निकट अखिल (क्रान्तिकारी)को आम शैक्षिक हड्तालका कारण देशभरका अधिकांश विद्यालयको पठनपाठन प्रभावित

शिक्षा, समाचार, समाज
काठमाडौं— २४, माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न विसं २०६८ जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेपनि त्यसको पटक–पटक उल्लङ्घन हुँदा पढाइ प्रभावित भएको हो । अखिल (क्रान्तिकारी)का कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई यही माघ १७ गते मोरङको विराटनगरमा गिरफ्तारी गरिएको विरोधमा शैक्षिक हड्ताल गरिएको सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । काठमाडौँ उपत्यकालगायत स्थानमा आज बिहान विद्यालय जान तयारीमा रहेका र गइसकेका विद्यार्थी एकाएक बन्दको खबरले विद्यालय जान पाएनन् । कतिपय विद्यालयले भने जोखिम मोलेरै पनि पढाइ सञ्चालन गरिरहेका छन् । भक्तपुर र के...
सल्यानमा आमाले छोराको विष सेवन गराई हत्या गरेको पुष्टि

सल्यानमा आमाले छोराको विष सेवन गराई हत्या गरेको पुष्टि

अपराध, समाचार, समाज
सल्यान— २३, माघ । झन्डै एक महिनाअघि विष सेवन गरी आत्महत्या गरेका भनिने छत्रेस्वरी गाउँपालिका ४ सुंगुरखोरका चार वर्षीय बालक समिर खत्रीलाई आमा यमुना केसी भन्ने एलिसा खत्रीले विष सेवन गराई हत्या गरेको प्रहरीले जनाएको छ । एक महिनादेखिको अनुसन्धानबाट हत्याको रहस्य खुलेको हो । आफ्नै कोठामा सल्फास नामक विषादी खुवाएपछि बालकले बान्ता गर्न थालेको र पेट दुख्न थालेपछि श्रीनगर बजारमा रहेको अस्पतालमा उपचार गर्न ल्याउँदा गत पुस २८ गते मृत्यु भएको थियो । बालकको जिल्ला अस्पतालमा पोस्टमार्टम गर्नुपर्ने भए पनि सीधैं घर फर्काएर गाउँ नजिकैको गाडेपछि शंका लागेकै कारण जिल्ला प्रहरी कार्यालयको टोलीले पुस २९ गते उत्खनन गरी पोस्टमार्टम गराएको थियो । त्यसपछि आमा एलिसालाई नियन्त्रणमा लिइएको थियो । आरोपीले छोराको हत्या गरेको स्वीकारेको प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए । एलिसाले एक अपरिचित ब्यक...
विसं २०७६ को पात्रोमा सार्वजानिक बिदा समावेश गरिएन

विसं २०७६ को पात्रोमा सार्वजानिक बिदा समावेश गरिएन

समाचार, समाज
काठमाडौं— २३, माघ । सार्वजानिक बिदा समावेश नगरी विसं २०७६ को पात्रो (पञ्चाङ्ग) प्रकाशन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले विसं २०७६ का लागि तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि गरी १३ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । समितिमा सरकारले नियुक्त गरेका धर्मशास्त्रविद् विद्वानको छलफलमा आगामी वर्षको चाडबाडसम्बन्धी निर्णय गरिएकाले स्वीकृत पात्रो प्रयोग गर्न समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले आह्वान गरेका छन् । आफूखुशी निस्कने पात्रोका कारण मानिसमा चाडबाडसम्बन्धी भ्रम सिर्जना हुने गरेको छ । गृह मन्त्रालयले विसं २०७६ मा दिइने बिदाको सूची उपलब्ध नगराएकाले आगामी वर्ष पनि पात्रोमा सार्वजनिक बिदा समावेश हुन नसकेको उनले राससलाई जानकारी दिए । यसअघि २०७४ र २०७५ सालमा पनि सार्व...