काठमाडौं— २७, माघ ।
काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको न्यासल चोक पुगेर आज राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले हनुमान ढोकाका मूलपुरोहितबाट बिहान ८ बजेर २४ मिनेटको शुभसाइतमा वसन्त श्रवण गर्नुभएको हो । राष्ट्रपतिलाई मुलपुरोहितले टीका तथा प्रसाद समेत प्रदान गरे ।
वसन्त श्रवणका निम्ति उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत हनुमानढोका् पुग्नुभएको थियो ।