आइत, असार ३, २०८१
Sun, June 16, 2024
Shadow

जिप दुर्घटनामा परि पाँचको मृत्यु

काठमाडौं— २४, माघ ।

सिन्धुलीको फिक्कल गाउँपालिका–२, चण्डी भञ्ज्याङमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बा१५च ९४२२ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल खस्दा दुर्घटनामा परी ९ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।

महादेव डाँडाबाट सदरमुकाम सिन्धुलीमाडीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो । गम्भीर घाइतेहरुको खुर्कोट अस्पताल उपचार भइरहेको तथा मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

गएराति नै सिन्धुलीकै सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा जन्ती सवार टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *