उम्लिरहेको दूधले नुहाएर मुसहर समुदायले ‘भुइँया महराज’को पूजा गरे
काठमाडौं— २३, माघ ।
आर्थिक, शैक्षिक तथा सामाजिक रूपमा निकै पछाडि रहेको मुसहर समुदायले उम्लिरहेको दूधले नुहाएर आफ्ना कुलदेवता ‘भुइँया महराज’को पूजा गरेको छ । भुइँया (जमिन)सँग आफूहरूको विशेष सम्बन्ध रहेको भन्दै तराई मधेसको मुसहर समुदायले माघ महिनामा भुइँया महराजको पूजा गर्ने गरेको छ । भुइँया महाराज भन्दै उनीहरूले दिनाभद्रीलाई सम्झिने गरेका छन् ।
दिनाभ्रदी मिथिला मधेसको इतिहासमा वीर पुरुषका रूपमा स्थापित व्यक्ति हुन् । दिनाभद्र्री मुसहरको घरमा जन्मिएर पनि समाजमा रहेका विभिन्न विकृति तथा विसंगतिविरुद्ध लडेको नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय अध्यक्ष चन्देश्वर सदाले बताए ।
श्रमशोषक, अन्यायी, अत्याचारी कनक सिंह धामी तथा बेहुलीहरूको डोलीलाई जबर्जस्ती एक रात रोकी शारीरिक सम्बन्ध राख्ने अत्याचारी, सामन्ती जोरावार सिंहलगायत सामन्तीसँग लडेर मुसहर समुदायलाई गौरवान्वित बनाएकाले आफूहरूले भु...









