thug

झापा— २१, माघ ।

सस्तो दरमा मेडिकल कलेजमा फार्मेसी पढाइदिने भन्दै विभिन्न महिलाबाट ३२ लाख रुपैयाँ ठगी गर्ने एक महिला प्रहरीको नियन्त्रणमा परेकि छिन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका–९ की ४५ वर्षीया शान्ति प्रसाई रहेकी छिन् ।

अर्जुनधारा नगरपालिका–६ की बन्दना ढकाल लगायतका महिलाहरुलाई प्रतिव्यक्ति ५ लाखमै फार्मेसी पढाइ दिने भन्दै प्रसाईले कुल ३२ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । प्रसाईले कतिजनालाई ठगी गरेको छिन भन्ने खुलिनसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जनाएका छन ।

‘संख्या खुलेको छैन, महिलाहरुको उजुरी आउने क्रम जारी छ,’ श्रेष्ठले भने, ‘पक्राउ परेकी प्रसाईंले आफू स्वास्थ्य मन्त्रीको स्वकीय सचिव हुँदा प्रकाश मगरलाई मेडिकल कलेज दिलाइदिएको र सोही कलेजमा पढनु भन्दै ठगी गरेको जाहेर परेको छ ।’ उनी कुनै पनि मन्त्रीको स्वकीय सचिव नरहेको समेत प्रहरीले जनाएको छ ।

पक्राउपछि प्रसाईंलाई अदालतबाट म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here