पिक एन्ड ड्रप अभियान अन्तर्गत पूर्वबाट उपत्यका भित्रिने गाडी मनोहरामै रोक्ने तयारी
काठमाडौं— १८, माघ ।
काठमाडौंको सवारी जाम घटाउन भित्री ११ रुटमा पिक एन्ड ड्रप अभियान चलाएको ट्राफिक प्रहरीले चक्रपथबाहिर पनि विस्तार गर्ने तयारी गरेको छ । पूर्व र पश्चिमबाट गाडी भित्रिने मुख्य नाका कोटेश्वर र कलंकीमा यो नियम लागू गर्न लागेको हो ।
बिपी र अरनिको राजमार्गबाट भित्रिने पूर्वका गाडीलाई भक्तपुरको मनोहरामै रोक्ने प्रहरीको तयारी छ । ‘अहिले अरनिको राजमार्गमा चल्ने सवारी खुलामञ्चस्थित बसपार्कमा आउँछन् । यसले चक्रपथभित्र जाम बढेको छ । मनोहराकिनारमै रोक्ने व्यवस्था भयो भने कोटेश्वरको जाम घट्छ,’ साना–ठूला यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख वसन्त पन्थीले भने ।
उनी पिक एन्ड ड्रप लागू गर्न महानगरपालिका सहरी सुव्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरको नेतृत्वमा बनेको सिफारिस समितिका सदस्य पनि हुन् । पूर्वका गाडीलाई मनोहरामा रोक्न काठमाडौंका सिडिओसहितको टोलीले ठाउँ हेरिस...









