काठमाडौं— २७, माघ ।

गीतकार दीपकराज पाठकको गीत ‘मैले भन्दा धेरै माया’ सार्वजनिक भएको छ । विपिन आचार्यको सङ्गीत एवम् सङ्गीत संयोजन र माण्डवी त्रिपाठीको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

दीपकराजकै निर्देशन रहेको गीतको भिडियोमा गजित विष्ट र कसिस दाहाललाई प्रमुख भूमिकामा फिचरिङ गरिएको छ भने रिता विन्दु पाण्डे, एलिना पाठक, प्रकाश लम्सालको समेत अभिनय रहेको छ ।

शिवराम श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । दर्जनौं गीत लेखेर रेकर्ड गराए पनि गीतकारको परिचय भित्रको अर्को निर्देशनको क्षमता पाठकले यो भिडियो मार्फत देखाउन सफल भएका छन् ।

भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here