काठमाडौं— २८, माघ ।

ललितपुरको भैसेपाटीस्थित नख्खु टोलमा रहेको फोम गोदाममा आगलागी भएको छ । सोमबार दिउँसो भएको आगलागीमा गदाममा पूर्ण रुपमा नष्ट भएको छ ।

ललितपुर प्रहरी प्रमुख रवीन्द्र धानुकका अनुसार डीएन आरडी ट्रेडर्सले बिछ्यौउन बनाउन प्रयोग गरिने फोम राखेको गोदाममा आगलागी भएको हो ।

आगो लागेको जनाकारी पछि काठमाडौं, ललितपुर र नेपाली सेनाका दमकलहरु परिचालन गरेर आगो निभाइएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु पनि आगो नियन्त्रणका लागि खटिएका थिए ।

(कान्तिपुर दैनिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here