जेसिआई काठ्माण्डौ लेडी नेपालले आयोजना गरेको ट्राफिक प्रहरीहरूलाई लक्षित मोबाइल क्यामरा केन्द्रित फोटोग्राफी सम्बन्धित तालिम सम्पन्न भएको छ । सडक दुर्घटना स्थलमा कुनै दुर्घटना घटेमा पिडितले न्याय पाउन सकुन र कुनै निर्दोष व्यक्ति पिडित हुन नपरोस भन्ने उदेश्यका साथ ३ दिने फोटोग्राफी तालिमको आयोजना गरिएको थियो ।
क्यामराको किसिम , कार्य , मोड तथा चलाउने तरिका , दुर्घटना स्थलमा कुन तरिकाले तस्विर खिच्दा स्पस्ट देखिने , राति को समयमा कसरी मोबाइल क्यामरा प्रयोग गर्ने तरिका लगायतका तालिम प्रदान गरिएको थियो ।
फोटोग्राफर कमल प्रजापति तथा प्रबिण टक्की कार्कीले ट्राफिक प्रहरीलाई ३ दिने क्यामरा सम्बन्धि विविध प्रसिक्षण दिएका थिए । भने कार्यक्रम समापनका अवसरमा आयोजित कार्यक्रममा बरिष्ठ फोटोग्राफर राजभाइ सुवालले प्रसिक्षार्थीहरुलाई दुर्घटना श्रीजीत गरेर बाटोमा प्रयोगात्मक कक्षा संचालन तथा अभ्यास गरेरे देखाएका थिए ।
जेसिआई काठ्माण्डौ लेडी नेपाली अध्यक्ष जेसी अर्चना श्रेष्ठ मुनंकर्मीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथ का प्रमुख बसन्त पन्त ले जेसिआई काठ्माण्डौ लेडी नेपालले ट्राफिक प्रहरीलाइ समाबेस गरिएर कार्यक्रम संचालन गर्नु भएको मा धन्यबाद दिदै सह्रानीय काम भएको बताउदै सहभागी ५५ जना प्रशिक्षाथीॅहरु लाई प्रमाणपत्र बितरण गरिएको थियो ।
कार्यकारिणी उपाध्क्षय जेसी सारदा नापित, संयोजिका जेसी सुमा श्रेष्ठ तथा उदघोषिका जेसी अप्सरा आचार्य भट्टराई,रिंकु बज्राचार्य श्रेष्ठ लगायतको उपस्थिती रहेको उक्त समापन कार्यक्रममा बरिस्ठ फोटोग्राफर राजभाई सुवालेल दुर्घटना न्युनिकरन , ट्राफिक नियम को पालना गराउन बिना बर्दिको पुलिसको परिचालन गर्नु पर्ने सुझाब दिनु भएको थियो भने , सबै सवारी साधनमा क्यामरा राख्नु पर्ने नियम भयो भने दुर्घटना न्यूनिकरण तथा ट्राफिक नियमको पालना गराउन मद्दत पुग्ने बताउनु भएको थियो । यसै गरि फोटोग्राफि तालिम का प्रशिक्षक कमल प्रजापतीले छोटो समयको तालिम भए पनि यस तालिमले प्रशिक्षार्थीहरुलाई केही न केही सहयोग हुने कुरा बताउनु भएको थियोे ।
प्रमुख अतिथी बसन्त पन्तले यो तालिम प्रभावकारी भएको र सिकेका कुराहरु ब्यबहारमा ल्याउन प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु भएको थियो यस्ता उपयोगी तालिमको आयोजना गर्ने काठमाडौं लेडी नेपालको प्रशंसा गर्नुभएको थियो । यसै गरि नेपाल जेसिजका कार्यकारिणी उपाध्क्षय जेसी अमिश ढकालले जेसिजको लक्ष्य “journey of local action for global impact” मा मद्दत पुग्ने गरि काम गरेकोमा खुशी व्यक्त गर्नु भएको थियो । उत्प्रेरना तालिमका प्रशिक्षक सजना नकर्मीले तालिम बाट ज्ञान हासिल गरेर व्यवहारमा उतार्ने आशा ब्यक्त गर्नु भएको थियो ।