भारतको कालेबुङमा गायिका सारिका घिमिरे र गायक योगेश काजीले दर्शकलाई नचाएका छन् । भारतको कालेबुङ्मा भएको ‘भ्यालेन्टाइन भोइस अफ दि इयर’को तेस्रो सिजनको अन्तिम प्रतियोगितामा नेपालबाट गएका गायक योगेश र सारिकासँग दर्शक झुमेका हुन् ।

सामाजिक संस्था हु केयर्सको आयोजनामा भएको कार्यक्रममा क्लिफ ब्याण्डको पनि प्रस्तुति रहेको थियो भने विशेष आकर्षण नेपालबाट गएका गायक योगेश र सारिका थिए । उनिहरुको प्रस्तुतिले सबैलाई मन्त्रमुग्ध बनाएको थियो ।

गायक थुप्देन भोटिया, ल्हमु भोटिया, कमल उपासकलगायतका निर्णयक रहेको उक्त प्रतियोगितामा दश जना प्रतियोगिले अन्तिम प्रतिस्पर्धामा आ-आफ्ना प्रस्तुति दिएका थिए ।

रजनी सुन्दासले भ्यालेन्टाइन्स भोइस आफ दी इयर तेस्रो सिजनको उपाधि जित्न सफल भएकी थिइन । उनले २५ हजार नगदसहिद विभिन्न गिफ्ट ह्याप्र हात पार्न सफल भएकी थिइन ।

 

हु केयर्सका प्रवक्त सुमन गजमेरले सञ्चालन गरेको कार्यक्रम सारिका र योगेशले रिवन काटेर सुरुवात गरेका थिए भने हु केयर्सका संस्थापक एरोन योन्जनका माता मेनुका योन्जन अनि पिता जेम्स योन्जनद्वारा केक काटेर शुरु गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here