पोखरा —फागुन १९।
पाेखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका रोमानियाका नागरिक ४० वर्षीय इवे चिजरको उपचारका क्रममा मृत्यु भएकाे हाे ।
सराङकोटबाट सोलो उडान गरेका उनी आइतबार बिहान ११ बजेर २० मिनेटमा फेवातालमा खसेका थिए।प्याराग्लाइडिङ अवतरण गर्ने बेलामा हावाको सन्तुलन मिलाउन नसकेपछि उनी तालमा खसेका थिए।
तत्कालै उनलाई उद्धार गरी मेट्रेसिटी अस्पताल पुर्याइएकोमा उपचारका क्रममा दिउँसाे१२ बजेर १० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ।कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले घटनाको अनुसन्धान भइरहेको बताए।
(कान्तिपुर दैनिक)