model shanta tamang

काठमाडौँ —फागुन १९।

हिमालयन इन्टरनेशनल नेपाली म्यूजिक अवार्डको सर्वोत्कृष्ट तामाङ्ग चलचित्रको नायिका तर्फको अवार्ड नायिका शान्ता तामाङ्गले प्राप्त गरेकी छिन । हिमालकी रानी चलचित्रबाट उनले उक्त अवार्ड हात पार्न सफल भएकी छिन । राजधानीमा सम्पन्न भएको उक्त अवार्ड पाए पछि खुशीले यसको श्रेय चलचित्रमामा आवद्ध सम्पूर्णलाई दिएकी छिन । चलचित्र धादिङ्ग, नुवकोट तथा रसुवाको विभिन्न रमणीय र विकट स्थानम छायांकन गरिएको थियो ।

समाजसेवा सक्रिय शान्ता पेशाले पर्यटन व्यबसायी समेत हुन भने मिसेस गुरुङ्ग तथा मिसेस तामाङ्ग जस्ता लोकप्रिय ईभेन्टको आयोजक समेत हुन । एस के ईन्टरटेन्मेन्टकी प्रमुख शान्ता अभिनित चलचित्र हिमालकी रानीको च्यारीटी शो को प्रर्दशन देशका विभिन्न शहरमा भएको थियो भने नायिका शान्ताको अभिनयको खुलेरै सवैले प्रशंसा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here