paragliding on pokhara

पोखरा—फागुन २१।

पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मंगलबार विहान प्यारागाइडिङ उडान गर्नेक्रममा निश्चित दिशातर्फ नगइ जंगलतिर मोडिएर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

आइतबार मात्रै पोखराको फेवातालमा खसेका प्याराग्लाइडरको उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो ।

सारङकोटबाट उडेका रोमानीयाका नागरिक एड सिजरको फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

(ईमेज खबर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here