बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

समाज

धरानमा बच्चाको शव पुलमुनि बर्कोले बेरेर फालेको अवस्थामा भेटियो

धरानमा बच्चाको शव पुलमुनि बर्कोले बेरेर फालेको अवस्थामा भेटियो

अपराध, समाचार, समाज
सुनसरी, पुस- ११ । सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित सेउती खोलामा रहेको पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव भेटिएको छ । बर्कोले बेरेर फालेको अवस्थामा भेटिएको बच्चाको शव निकै अगाडि फालिएकोले सडेको अवस्थामा रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदनकुमार तिम्सिनाले जनाएका छन । शवलाई प्रहरीचौकी पानवारी वडाका जनप्रतिनिधि र बाँझगार सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको उपस्थितिमा मुचुल्का उठाएर सोही ठाउँमा आज पुरिएको जनाईएको छ । शवलाई गाडेको स्थानबाट जनवारले उधिनेको हुनसक्ने प्रहरी निरीक्षक तिम्सिनाले जनाए ।...
कञ्चनपुरमा बाघको आक्रमणबाट १९ वर्षीय युवती घाइते

कञ्चनपुरमा बाघको आक्रमणबाट १९ वर्षीय युवती घाइते

समाचार, समाज
कञ्चनपुर, पुस- ११ । कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका–४ की १९ वर्षीय अमृता सिंह ठकुरी बाघको आक्रमणबाट घाइते भएकी छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएको अवस्थामा हिजो साँझ ठकुरीमाथि बाघले आक्रमण गर्दा घाइते भएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक चेतराम पनेरुले बताए । उनका अनुसार खर काटिरहेको बेला एक्कासी आएर बाघले झम्टिँदा अमृताको कम्मर, हात, खुट्टामा चोट लागेको छ । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा प्राथमिक उपचारपश्चात् उनलाई थप उपचारका लागि कैलालीको धनगढी लगिएको छ । (रासस)...
सुत्केरीलाई दुई लिटर तोरीको तेल

सुत्केरीलाई दुई लिटर तोरीको तेल

समाचार, समाज, स्वास्थ्य
काभ्रेपलाञ्चोक, पुस ११ । खानीखोला गाउँपालिका–७ ले स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गरी सुत्केरी हुने महिलालाई दुई लिटर तोरीको तेल दिने निर्णय गरेको छ । मिल्चेस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराइ त्यहीँ सुत्केरी हुने महिलालाई दुई लिटर तोरीको तेल दिने निर्णय गरिएको वडाअध्यक्ष क्षेत्रबहादुर घ्यावाले जानकारी दिए । उनले भने, ‘शुद्ध तोरीको तेल मालिसले शिशु स्वस्थ रहोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको हौं ।’ वडाअध्यक्ष घ्यावाले धाँमी झाक्रीको विश्वास गर्दा अकालमै ज्यान गुमाउनु परेको र चाँडै नै बाल मृत्युदर घटाउन ‘सुत्केरी उपहार’ कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । ‘स्वास्थ्य संस्थाप्रति महिलाको आकर्षण बढाउन कार्यक्रम ल्याएका हौँ,’ उनले भने । पाँचखाल नगरपालिकाले अनैकोट स्वास्थ्य चौकीमा, मण्डन देउपुर नगरपालिकाले ज्याम्दी स्वास्थ्य चौकीमा र पनौती नगरपालिकाले ...
नेपाल आइडल–२ का विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

नेपाल आइडल–२ का विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

समाचार, समाज
काठमाडौं । नेपाल आइडल सिजन- २ का विजेता रवि ओडलाई मातृ शोक परेको छ । बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी आभूषण तिम्सिनाले बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पुष्टि गरे ।  ओडलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याको थियो। रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो। ...
सामाजिक सन्जालमा वडा अध्यक्षविरुद्ध जथाभावी लेख्ने युवा पक्राउ

सामाजिक सन्जालमा वडा अध्यक्षविरुद्ध जथाभावी लेख्ने युवा पक्राउ

अपराध, समाचार, समाज
काठमाडौं, पुस- १० । अर्घाखाँचीमा सामाजिक सञ्जालमा वडा अध्यक्षको चरित्रहत्या गर्ने गरी लेखेर पोष्ट गरेको आरोपमा एक युवा प्रक्राउ परेका छन । सन्धिखर्क नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष धुर्ब आचार्यलाई चरित्रहत्या गरि हत्यारा संरक्षण गरेको आरोप लगाई फेसबुकमा स्टाटस राखेको आरोपमा सचिन पाण्डे पक्राउ परेका छन् । वडा अध्यक्षले कुटपिटको घटनामा मिलापत्र गराएर अपराधी संरक्षण गरेको भन्दै स्टाटस पोष्ट गरेको आरोपमा पाण्डे पक्राउ परेका हुन् । सामाजिक संजालमा मनलाग्दी लेखेर चरित्र हत्या गरेकाले जिल्ला प्रहरीमा उजुरी दिएको वडा अध्यक्ष आचार्यले बताएका छन। पाण्डेलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरि छानबिन भईरहेको जिल्ला प्रहरी कार्यालले बताएको छ ।...
राजधानीको तापक्रम दुई डिग्री मापण, केही दिन अझै चिसो बढ्ने

राजधानीको तापक्रम दुई डिग्री मापण, केही दिन अझै चिसो बढ्ने

समाचार, समाज
काठमाडौं, पुस- १० । राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २.६ र अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३.५ र अधिकतमत तापक्रम १८ डिग्री सेल्सियस थियो । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले अबको केही दिन न्यूनतम तापक्रम २ देखि ३ डिग्रीको हाराहारीमा रहने हँुदा अझै चिसो बढ्ने उल्लेख गरे । “अहिले जाडोको मध्य अवस्थामा छौँ, जनवरी महीनामा बढी चिसो हुने गर्छ, त्यसैले चिसोबाट सजग हुनुपर्ने देखिन्छ”, उनले भने । न्यूनतम तापक्रम घटे पनि बिहानैदेखि सफा घाम लागेकाले सर्वसाधारणले केही राहत महसुस गरेका छन् । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्री सेल्सियस पुगेको छ । त...
कुखुराको खुट्टा भाँचेको आरोप लागेपछि चार दिनदेखि हिरासतमा

कुखुराको खुट्टा भाँचेको आरोप लागेपछि चार दिनदेखि हिरासतमा

अपराध, समाचार, समाज
बाँके, पुस- १० । कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । गत मङ्सिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचिदिएको भन्दै कुखुरा लिएर जिल्ला प्रहरी कार्यालय बाँके पुगेर उनकै छिमेकी मोहम्मद रफिकले उजुरी दर्ता गराएका थिए । पटक–पटकको छलफलपछि पनि उनीहरूबीच कुरा मिल्न सकेको थिएन । प्रहरी कार्यालयमा भएको छलफलअनुसार मुद्दा दिने रफिकलाई कुखुराको मूल्य लिएर मिल्न र अकबाललाई कुखुराको मूल्य तिरेर लैजान सुझाव दिए पनि दुवैजनाले सुझाव अस्वीकार गरेपछि अकबालमाथि मुद्दा चलाइएको थियो । घटनाको दुई सातापछि अकबाल शनिबारदेखि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा छन् । तर जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले कुखुराको खुट्टा भाँचेको आरोपमा नभई अभद्र व्यवहार गरेको उजुरीका आधार...
इसाई धर्मावलम्बीहरुले विश्वभर क्रिसमस पर्व मनाउदै, नेपालका चर्चहरुमा समेत विशेष रमझम

इसाई धर्मावलम्बीहरुले विश्वभर क्रिसमस पर्व मनाउदै, नेपालका चर्चहरुमा समेत विशेष रमझम

समाचार, समाज
काठमाडौं, पुस- १० । विश्वभर छरिएर रहेका इसाई धर्मावलम्बीहरुले आज क्रिसमस पर्व मनाउँदै छन् । नेपालमा पनि ईसाई धर्मावलम्बीहरुले देशभरका चर्चमा क्रिसमसका अवसरमा विविध कार्यक्रम गरी यो पर्व मनाइरहेका छन् । क्रिसमसको अवसरमा चर्चमा प्रार्थना, नाचगान जस्ता विभिन्न कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गर्ने गरिन्छ । क्रिसमसमा येशु ख्रीष्टको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गर्ने गरिन्छ । आजभन्दा करिव २ हजार १७ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको विश्वास गरिन्छ । कुमारी मारियमको कोखबाट येशु ख्रीष्टको जन्म भएको जन विश्वास रहदै आएको छ । येशु ख्रीष्टलाई जिसस क्राइष्ट पनि भन्ने गरिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको मानिन्छ । पछिल्ला दिनमा नेपालमा पनि यस धर्म अँगाल्नेको संख्या बढ...
वीरगञ्जमा प्रधानाध्यापक सरुवा प्रकरणः विद्यार्थीहरु सडक आन्दोलनमा

वीरगञ्जमा प्रधानाध्यापक सरुवा प्रकरणः विद्यार्थीहरु सडक आन्दोलनमा

समाचार, समाज
वीरगन्ज, पुस- ९ । वीरगञ्ज महानगरपालिकाका आठवटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको सरुवा प्रकरणलाई लिएर विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन । महानगरपालिकाले राजनीतिक उद्देश्यका साथ प्रधानाध्यापकहरुको सरुवा गरेको भन्दै विद्यार्थीहरु सडकमा उत्रिएका हुन । शिक्षक संगठनहरुले भने दुई दिनसम्मका लागि महानगरअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरुको पठनपाठन बन्द गरेका छन् । वीरगञ्ज महानगरपालिकाले भने प्रधानाध्यापक सरुवाको निर्णय कुनैपनि हालतमा फिर्ता नलिने बताएको छ । महानगरपालिका प्रमुख विजय सरावगीले प्रधानाध्यापकहरुले शैक्षिक अवस्था तहसनहस पारेको , अंग्रेजी माध्यमको नाममा अभिभावकसँग चर्को शुःल्क असुल्दै आएको, विद्यालयलाई राजनीतिक अखडा बनाएको तथा माफियातन्त्र लाद्न खोजेकाले शुद्धीकरण अभियानअन्तर्गत सरुवा गरिएकोे दाबी गरेका छन । प्रधानाध्यापकहरुको सरुवा प्रकरणले गर्दा महानगरभित...
निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन आग्रह गर्दै राष्ट्रसंघमा बुझाइयो हस्ताक्षर

निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन आग्रह गर्दै राष्ट्रसंघमा बुझाइयो हस्ताक्षर

अपराध, समाज
काठमाडौं, पुस- ९ । कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरी सहयोग गरिदिन संयुक्त राष्ट्र संघलाई आग्रह सहित हस्तक्षार संकलन गरी बुझाइएको छ । घटनाको लगभग ५ महिना हुनलाग्दा समेत सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाई कारबाही गर्न नसकेको भन्दै त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाई दिन पहल गरिदिनु भन्दै सोमबार ललितपुुरको पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा हस्ताक्षर बुझाएका हुन् । उनीहरुले यसअघि माइतीघर मण्डलामा भेला भएर निर्मला पन्तको न्यायको निम्ति आवाज उठाउन ऐक्यवद्दता जनाउन आह्वान गर्दैै हस्तक्षार अभियान संकलन गरेका थिए । पन्तलाई न्याय दिलाउन अन्तराष्ट्रिय समूदायलाई सहयोग गरिदिन आग्रह गर्दै सो हस्ताक्षर संयुक्त राष्ट्र संघमा बुझाएको विद्यार्थीहरुले बताएका छन् । ‘निर्मलाको निम्ति न्याय ...