United nation on nepal

काठमाडौं, पुस- ९ ।

कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरी सहयोग गरिदिन संयुक्त राष्ट्र संघलाई आग्रह सहित हस्तक्षार संकलन गरी बुझाइएको छ ।

घटनाको लगभग ५ महिना हुनलाग्दा समेत सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाई कारबाही गर्न नसकेको भन्दै त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाई दिन पहल गरिदिनु भन्दै सोमबार ललितपुुरको पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा हस्ताक्षर बुझाएका हुन् ।

उनीहरुले यसअघि माइतीघर मण्डलामा भेला भएर निर्मला पन्तको न्यायको निम्ति आवाज उठाउन ऐक्यवद्दता जनाउन आह्वान गर्दैै हस्तक्षार अभियान संकलन गरेका थिए ।

पन्तलाई न्याय दिलाउन अन्तराष्ट्रिय समूदायलाई सहयोग गरिदिन आग्रह गर्दै सो हस्ताक्षर संयुक्त राष्ट्र संघमा बुझाएको विद्यार्थीहरुले बताएका छन् ।

‘निर्मलाको निम्ति न्याय अभियान’मा सहभागी त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले बलात्कारलगायतका महिला हिंसा हुन नदिन सबैलाई सबैलाई साथ र सहयोग गर्दै सचेत रहन समेत आह्वान गरेका छन् ।

साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुवारीमा भेटिएका बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने कामका सरकार सफल चुकिरहदा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले उक्त हत्यामा संलग्नलाई पत्ता लगाउन माग गर्दै विगत एक हप्तादेखि संकलन गर्दै आएको हस्ताक्षर नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा सोमबार बुझाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here