hatkadi-pic

काठमाडौं, पुस- १० ।

अर्घाखाँचीमा सामाजिक सञ्जालमा वडा अध्यक्षको चरित्रहत्या गर्ने गरी लेखेर पोष्ट गरेको आरोपमा एक युवा प्रक्राउ परेका छन ।

सन्धिखर्क नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष धुर्ब आचार्यलाई चरित्रहत्या गरि हत्यारा संरक्षण गरेको आरोप लगाई फेसबुकमा स्टाटस राखेको आरोपमा सचिन पाण्डे पक्राउ परेका छन् ।

वडा अध्यक्षले कुटपिटको घटनामा मिलापत्र गराएर अपराधी संरक्षण गरेको भन्दै स्टाटस पोष्ट गरेको आरोपमा पाण्डे पक्राउ परेका हुन् । सामाजिक संजालमा मनलाग्दी लेखेर चरित्र हत्या गरेकाले जिल्ला प्रहरीमा उजुरी दिएको वडा अध्यक्ष आचार्यले बताएका छन।

पाण्डेलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरि छानबिन भईरहेको जिल्ला प्रहरी कार्यालले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here