सुनसरी, पुस- ११ ।
सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित सेउती खोलामा रहेको पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव भेटिएको छ ।

बर्कोले बेरेर फालेको अवस्थामा भेटिएको बच्चाको शव निकै अगाडि फालिएकोले सडेको अवस्थामा रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदनकुमार तिम्सिनाले जनाएका छन ।

शवलाई प्रहरीचौकी पानवारी वडाका जनप्रतिनिधि र बाँझगार सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको उपस्थितिमा मुचुल्का उठाएर सोही ठाउँमा आज पुरिएको जनाईएको छ ।

शवलाई गाडेको स्थानबाट जनवारले उधिनेको हुनसक्ने प्रहरी निरीक्षक तिम्सिनाले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here