शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

समाज

कपिलवस्तुको बनबासामा ट्रिपरको ठक्करले एक बृद्धाको मृत्यु

कपिलवस्तुको बनबासामा ट्रिपरको ठक्करले एक बृद्धाको मृत्यु

अपराध, समाचार, समाज
कपिलवस्तु, पुस-८ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ बनबासामा ट्रिपरको ठक्करबाट एकजना वृद्ध महिलाको मृत्यु भएको छ । बनबासा जंगलमा बाटो काट्ने क्रममा लु१ख ५४९५ नम्बरको ट्रिपरले ठक्कर दिदा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए । लगभग ८५ वर्षीया महिलाको मृत्यु भएको भएपनि उनको पहिचान खुल्न भने सकेको छैन । ठक्कर दिने चालक र ट्रिपर प्रहरीको नियन्त्रणमा रहेका छन ।...
सिराहको गोलबजारमा नेपाली सेनाको बम डिस्पोजल टोलीद्वारा प्रेसरकुकर बम डिस्पोज

सिराहको गोलबजारमा नेपाली सेनाको बम डिस्पोजल टोलीद्वारा प्रेसरकुकर बम डिस्पोज

अपराध, समाचार, समाज
सिराह, पुष - ८ सिराह जिल्लाको गोलबजार नगरपालिका ४ स्थित नेपाल टेलिकमको टावर नजिकै आइतबार बिहान भेटिएको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । शक्तिशाली प्रेसरकुकर बम गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिणतर्फ बलकवा जाने बाटोमा भेटिएको थियो । चोहर्वास्थित नेपाली सेनाको श्री नयाँ गोरख गणबाट आएको बम डिस्पोजल टोलीले आइतबार बिहान ११ बजे प्रेसरकुकर बम डिस्पोज गरेको चोहर्वास्थित गणपति प्रमुख सेनानी गणेश भण्डारीले जनाए । एकाबिहानै मानव बस्तीदेखि लगभग ५० मिटर पश्चिम र टेलिकमको रिपिटर टावरदेखि करिब डेढ सय मिटर दक्षिणतर्फ बम भेटिएपछि स्थानीय बासिन्दा आतङ्कित बनेका थिए । बम पाईएको स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुई सय मिटरको दूरीमा घेरा हालेर आवत जावत सेमत बन्द गरी बम सुरक्षित ढङ्गले डिस्पोज गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले बताएक...
जुम्लाकी एक महिलालाई घर छ छोरी जन्माएको निहुँमा निकाला गरियो

जुम्लाकी एक महिलालाई घर छ छोरी जन्माएको निहुँमा निकाला गरियो

अपराध, समाचार, समाज
जुम्ला । छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला भएकी हुन् । २६ वर्षीया झनमायाले छ महीनाको गर्भवती अवस्थामा श्रीमान् गङ्गाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताइन । श्रीमानले घरबाट निकालेपछि माइतीमा बस्दै आएकी उनले पुस ३ गते छैटौँ सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी जन्माइएकी नवजात छोरीलाई जन्मदै हेपाटाइटिस बी भएको र साथमा पैसा नहुँदा उपचारमा समस्या भएको उनले बताइन् । झनमायाकी दुईटै छोरी माइतीको संरक्षणमा छन् । उनी कान्छी छोरीसँगै अस्पतालमै छिन् । झनमायाका माइती पक्ष पनि आर्थिक रूपमा निकै विपन्न भएका कारण उनको उपचारमा सहयोग नभएको बताइएको छ । अस्पतालले अन्य बाहिर जिल्ला लैजा...
दाङ बस दुर्घटनाः  जुम्ला विमानस्थलमा मृतकका आफन्त भावविह्वल

दाङ बस दुर्घटनाः जुम्ला विमानस्थलमा मृतकका आफन्त भावविह्वल

समाचार, समाज
जुम्ला, पुष-८ । दाङमा शुक्रबार भएको बस दुर्घटनामा परी मृत्यु हुने २३ जनामध्ये ११ जना जुम्लाका विद्यार्थी परेपछि अहिले जुम्ला शोकाकुल भएको छ । सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्ययनरत जुम्लाका ११ जना विद्यार्थीको मृत्यु भएको हो । घाइतेहरु मध्ये चार जना पनि जुम्लाकै पेरेका छन् । जुम्लाका मृतक विद्यार्थीहरु्मा चन्दननाथ नगरपालिका–६ का १६ बर्षीया कुसुम रावल, वडा नं. ३ का १७ बर्षिय हिम्मत बोहरा, कनकासुन्दरी गाउँपालिका–५ का २० बर्षिय विरेन्द्र कडारा, चन्दनथान–१० का १८ बर्षीय रुपेशजंग शाही र १७ बर्षीय रितेन्द्र शाही, हिमा गाउँपालिका–५ की १७ बर्षीया शैलजा शाही, तिला गाउँपालिका–१ का जंगबहादुर बिक, चन्दननाथ–३ का १८ बर्षका अर्जुन शाही, चन्दननाथ–५ का देवीप्रसाद उपाध्याय, चन्दननाथ–१० का विपना खत्री र तिला गाउँपालिका–३ का रमेश उपाध्याय रहेका जनाइएको छ । मृतकमध्ये आठ जनाको शव हेलि...
कपाल मुडी जुत्ताको माला लगाएर अमानवीय व्यवहार गरेको आरोपमा सप्तरीमा तीनजना पक्राउ

कपाल मुडी जुत्ताको माला लगाएर अमानवीय व्यवहार गरेको आरोपमा सप्तरीमा तीनजना पक्राउ

अपराध, समाचार, समाज
सप्तरी, पुस ६ । सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीनजना पक्राउ परेका छन् । शनिबार राति पीडितको कपाल मुडेर जुत्ताको माला लगाइ अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले खड्ग नगरपालिका–२ का ५५ वर्षीय रूपनारायण राम, ३५ वर्षीया अहिल्यादेवी राम र १८ वर्षीय सुनील रामलाई पक्राउ गरेको जनाएको छ । चरित्रहीनको झुटो आरोप लगाइ कपाल काटेर जुत्ताको माला लगाइ अत्यन्तै अमानवीय व्यवहार गरेको पीडितले दु:खेसो पोखिन् । इलाका प्रहरी कार्यालय कडरबोनाले अभद्र व्यवहार गरेको आरोपमा आरोपीलाई पक्राउ गरी कारबाही सुरु गरेको प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए । रासस...
निर्मला हत्या प्रकरणमा ९ हजार ‘कलडिटेल’ हेर्नेदेखि ‘पेचकस’ समूहको निगरानी हुँदै

निर्मला हत्या प्रकरणमा ९ हजार ‘कलडिटेल’ हेर्नेदेखि ‘पेचकस’ समूहको निगरानी हुँदै

अपराध, समाचार, समाज
काठमाडौं, पुस-६ । काठमाडौं । निर्मला पन्त हत्याकाण्डको अनुसन्धान जारी छ । तर, हत्याराको पहिचान हुन सकेको छैन । प्रहरीले अनुसन्धानका लागि दुई युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । केन्द्रमा अपराध अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान व्युरोले घटनाको अनुसन्धान गरिरहेको छ । प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, सिआइबीका डिएसपी नेतृत्वमा ८ जनाको विशेष टोलीले पनि कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेको छ । सुरुवाती चरणमा तत्कालीन प्रहरी नेतृत्व र अनुसन्धान टोलीबाट अनुसन्धानमा भएको कमजोरीका कारण अनुसन्धानमा जटिलता थपिएको अनुसन्धान अधिकृतहरु बताउँछन् । झण्डै ५ महिना बित्न लाग्दा प्रहरीले अनुसन्धानको दायरा साँघुरो पारिँदै लगिएको बताउँदै आएको छ । तर, मुख्य अभियुक्तको पहिचान भने हुन सकेको छैन । पछिल्लो ५ महिनामा प्रहरीले अनुसन्धानका क्रममा के–के गर्यो त ? ad ad ad ९ हजार ‘कल...
अष्ट्रेलियाको चर्चित क्रिकेट लिग  बिग बासमा सन्दीपको आज पहिलो खेल खेल्दै

अष्ट्रेलियाको चर्चित क्रिकेट लिग बिग बासमा सन्दीपको आज पहिलो खेल खेल्दै

खेलकुद, समाज
काठमाडौं, पुस-६ । अष्ट्रेलियाको चर्चित क्रिकेट लिग बिग बास मा नेपाली स्टार खेलाडी सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले आज पहिलो खेल खेल्दैछ । यो खेलमा सन्दिप टिममा पर्ने सम्भावना उच्च रहेको छ । सिड्नी थन्डरविरुद्धको पहिलो खेलका लागि टिमले सार्वजनिक गरेको नामावलीमा सन्दीपको नाम समेत रहेको छ । यो खेल नेपाली समय अनुसार दिउँसो २ बजेबाट सुरू हु्दैछ । टिमले सार्वजनिक गरेको १३ खेलाडीको सूचीमा नेपाली बलर सन्दीप लामिछाने पनि छन् । कप्तान ग्लेन म्याक्सवेलको नेतृत्वमा रहने टोलीमा नेपाली युवा स्पीनर सन्दीप लामिछानेसँगै वेष्ट इन्डिजका अलराउण्डर ड्वाइने ब्राभो पनि रहेका छन् ।...
स्टेज उद्घोषणको अनुभव पुस्तकमा उतार्दै उद्घोषक गोपाल अधिकारी

स्टेज उद्घोषणको अनुभव पुस्तकमा उतार्दै उद्घोषक गोपाल अधिकारी

मनोरन्जन, समाज
वुटवल, पुस-६ । रुपन्देही क्षेत्रमा स्टेज उद्घोषणका लागि सु- प्रसिद्द गोपाल अधिकारीले आफ्नो अनुभवलाई समेटेर उद्घोषण कला सम्बन्धि पुस्तक प्रकाशित गरेका छन् । रुपन्देही तथा त्यस आसपासको क्षेत्रमा विगत ३ दशकदेखि अविच्छिन्न रुपमा उद्घोषण कलामा लागेर निकै ख्याति कमाएका अधिकारीले आफ्नी आमा स्वर्गीय लीलादेवी अधिकारीको नाममा समर्पित गर्दै उद्घोषण कला नामक पुस्तक प्रकाशित गरेका हुन् । स्याङ्जाको तुल्सी भन्ज्याङ जन्मिएका उनले आफ्नो कर्म थलो बुटवललाई बनाउँदै आएका छन् । २०५२ देखि सञ्चार जगतमा प्रवेश गरेका उनी अहिले स्टेज प्रदर्शनमा उद्घोषण कला मार्फत युवामाझ लोकप्रिय बनेका छन् । हाउजी विङ्गो तम्बोला खेलाउने शैली, आवाज र प्रस्तुतिका कारण उनी थप लोकप्रिय बनेका छन् । अधिकारीले आफ्नो पुस्तकमा उदघोषण कलासहित प्रभावकारी भाषण कला र नेतृत्वका सीपहरुका सम्वन्धमा स्पष्ट र सबैले बुझ्ने भाषामा सरल हिस...
निर्मलाको हत्या गरेको वयान दिएका विशाल र प्रदीपको डीएनए पनि मिलेन, अरु प्रमाण के देखाउने ?

निर्मलाको हत्या गरेको वयान दिएका विशाल र प्रदीपको डीएनए पनि मिलेन, अरु प्रमाण के देखाउने ?

अपराध, समाचार, समाज
काठमाडौं, पुस-६ । बलात्कारपछि हत्या भएकि कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या अनुसन्धानको क्रममा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीको डीएनए नमिलेको भए पनि अरु प्रमाण जुटाउन प्रहरी लागिपरेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार निर्मलाको शरीरबाट निकालिएको ‘भेजिनल स्वाव’ संग पक्राउ परेका विशाल र प्रदीपको डीएनए म्याच नभएको हो । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोलीले प्रदीपलाई मंसिर २० गत्ते नै काठमाडौंमा पक्राउ गरेको थियो भने विशाललाई मंसिर २१ गत्ते कञ्चनपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । प्रदीप र विशालको डीएनए परिक्षण प्रहरीको विधि विज्ञान प्रयोगशाला र नास्टमा गरिएको थियो । अनुसन्धानको क्रममा हालसम्म कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित १० जना बढीको डीएनए परीक्षण गरि्सकिएको छ तर कसैको पनि म्याच भने भएको छैन । डीएन...
राजधानीका सडकमा अब स्मार्ट जेब्रा क्रसिङ निर्माण गरिदै

राजधानीका सडकमा अब स्मार्ट जेब्रा क्रसिङ निर्माण गरिदै

समाचार, समाज
काठमाडौं, पुस ५ । काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ । अहिले कामपामा करीब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन् । मानिसको आवागमनको हिसाबले उक्त सङ्ख्या अत्यन्तै कम हो भने भएका स्थानमा पनि धेरै नदेखिने अवस्थामा छन् । त्यसैले मानिसको अत्यधिक चाप हुने स्थानमा कामपाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको हो । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने, “यसअघि जे जस्तो निर्माण भएको भए पनि अब निर्माण गर्ने सबै जेब्रा क्रसिङ स्मार्ट नै हुन्छन् ।” सडक विभागसँग सहकार्य गरी मासिनको आवागमन बढी हुने स्थानमा काम अघि बढाइने उनले जानाकारी दिए । उनका अनुसार नयाँ निर्माण गरिने जेब्रा क्रसिङ आधुनिक किसिमको हुनेछ र दुवैतर्फबाट आउने गाडी दश मिटर अघिनै आफैँ रोकिने प्रविधि सहितको हुनेछ । मानिस आएपछि ट्राफिक प्रहरीले हात हल्लाएर, सिट्ठी बजाएर रोकिरा...