काठमाडौं, पुस-६ ।
अष्ट्रेलियाको चर्चित क्रिकेट लिग बिग बास मा नेपाली स्टार खेलाडी सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले आज पहिलो खेल खेल्दैछ । यो खेलमा सन्दिप टिममा पर्ने सम्भावना उच्च रहेको छ ।
सिड्नी थन्डरविरुद्धको पहिलो खेलका लागि टिमले सार्वजनिक गरेको नामावलीमा सन्दीपको नाम समेत रहेको छ । यो खेल नेपाली समय अनुसार दिउँसो २ बजेबाट सुरू हु्दैछ ।
टिमले सार्वजनिक गरेको १३ खेलाडीको सूचीमा नेपाली बलर सन्दीप लामिछाने पनि छन् । कप्तान ग्लेन म्याक्सवेलको नेतृत्वमा रहने टोलीमा नेपाली युवा स्पीनर सन्दीप लामिछानेसँगै वेष्ट इन्डिजका अलराउण्डर ड्वाइने ब्राभो पनि रहेका छन् ।