आइत, जेष्ठ १३, २०८१
Sun, May 26, 2024
Shadow

सिराहको गोलबजारमा नेपाली सेनाको बम डिस्पोजल टोलीद्वारा प्रेसरकुकर बम डिस्पोज

सिराह, पुष – ८

सिराह जिल्लाको गोलबजार नगरपालिका ४ स्थित नेपाल टेलिकमको टावर नजिकै आइतबार बिहान भेटिएको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

शक्तिशाली प्रेसरकुकर बम गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिणतर्फ बलकवा जाने बाटोमा भेटिएको थियो । चोहर्वास्थित नेपाली सेनाको श्री नयाँ गोरख गणबाट आएको बम डिस्पोजल टोलीले आइतबार बिहान ११ बजे प्रेसरकुकर बम डिस्पोज गरेको चोहर्वास्थित गणपति प्रमुख सेनानी गणेश भण्डारीले जनाए ।

एकाबिहानै मानव बस्तीदेखि लगभग ५० मिटर पश्चिम र टेलिकमको रिपिटर टावरदेखि करिब डेढ सय मिटर दक्षिणतर्फ बम भेटिएपछि स्थानीय बासिन्दा आतङ्कित बनेका थिए । बम पाईएको स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुई सय मिटरको दूरीमा घेरा हालेर आवत जावत सेमत बन्द गरी बम सुरक्षित ढङ्गले डिस्पोज गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले बताएको छ ।

बम भेटिएको ठाउँ नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’ को पर्चा्समेत बरामदगरेको थियो । मिति, छाप र आधिकारिक हस्ताक्षर समेत नरहेको पर्चामा औपनिवेशिक शासन विरुद्धको तराई मुक्ति आन्दोलनले पहिलो दशक पूरा गरी दोस्रो दशक पूरा गरेको र त्यसका लागि हुने संघर्षलाई निरन्तरता दिन सहयोगको अपेक्षा गरिएको उल्लेख गरीएको छ । आर्थिक सहयोगको समेत अपेक्षा गरईको उल्लेख भएको पर्चासँगै सशस्त्र समूहको नाममा आतङ्क सिर्जना गरी आर्थिक संकलन गर्ने समूहले बम राखेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *