tsunami at indonesia

काठमाडौं, पुष – ८

इन्डोनेसिया सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको सुनामीमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ ।

सुनामीमा परेर करीव १ सय ६५ जना घाइते भएको त्यहाँको प्रकोप व्यवस्थापन एजेन्सीले बताएको छ ।

सुनामीका कारण उक्त क्षेत्रमा दर्जनौं भवन भत्किएका छन् साथै सयौं सवारी साधनहरुमा समेत क्षति पुर्‍याएको छ । सडकसम्म पानी पसेकाले सवारी आवागमन समेत ठप्प भएको छ ।

सुन्डा स्ट्रेट खाडी आसपासको तटीय क्षेत्रमा ज्वालामुखी बिस्फोट भइ समुद्रभित्र पहिरो गएपछि सुनामी आएको अधिकारीहरुले आशंका गरेको जनाएका छन ।

सुमात्रा र जावा द्वीपको बीचमा रहेको सुन्डा स्ट्रेट हिन्द महासागरसँग जोडिएको छ ।

सुन्डा स्ट्रेट र आसपासका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । नागरिकहरुलाई सचेत रहन सरकारले अपील गरेको छ ।
(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here