आइत, जेष्ठ १३, २०८१
Sun, May 26, 2024
Shadow

कपिलवस्तुको बनबासामा ट्रिपरको ठक्करले एक बृद्धाको मृत्यु

कपिलवस्तु, पुस-८ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ बनबासामा ट्रिपरको ठक्करबाट एकजना वृद्ध महिलाको मृत्यु भएको छ ।

बनबासा जंगलमा बाटो काट्ने क्रममा लु१ख ५४९५ नम्बरको ट्रिपरले ठक्कर दिदा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए ।

लगभग ८५ वर्षीया महिलाको मृत्यु भएको भएपनि उनको पहिचान खुल्न भने सकेको छैन । ठक्कर दिने चालक र ट्रिपर प्रहरीको नियन्त्रणमा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *