काठमाडौं । नेपाल आइडल सिजन- २ का विजेता रवि ओडलाई मातृ शोक परेको छ । बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी आभूषण तिम्सिनाले बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पुष्टि गरे ।  ओडलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याको थियो। रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here