आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

सानोठिमी क्याम्पसको जग्गा कौडीको भाउमा भाडामा

सानोठिमी क्याम्पसको जग्गा कौडीको भाउमा भाडामा

शिक्षा, समाचार
काठमाडौँ — सानोठिमी क्याम्पसले मूल सडकसँग जोडिएको १३ रोपनी जग्गा कौडीको भाउमा व्यापारिक प्रयोजनका लागि भाडामा लगाएको छ । शिक्षा मन्त्रालयले शैक्षिक प्रयोजनका लागि क्याम्पसलाई भोगचलन गर्न दिएको जग्गा प्रतिरोपनी मासिक ५ सय ९७ रुपैयाँमा १० वर्षका लागि भाडामा दिइएको हो । भूकम्पमा स्थानीयले आश्रय लिएको १३ रोपनी जग्गा रेस्टुरेन्ट र क्याटरिङ सञ्चालन गर्न आवश्यक संरचना बनाउने गरी टेन्डर प्रक्रिया पूरा गरेर प्राणनाथ क्याफेलाई दिइएको हो । क्याम्पस र क्याफेबीच असोज २२ मा भएको सम्झौताअनुसार एक रोपनीको वार्षिक ७ हजार १ सय ७५ तिर्नुपर्छ । मध्यपुर ठिमी–२, सानोठिमी क्याम्पसको पूर्व, काठमाडौंबाट भक्तपुर जाने पुरानो बाटोको उत्तर, मगरगाउँ जाने पिच बाटोको पश्चिमतर्फको यो जग्गा सानोठिमी फुटबल मैदानअगाडिको मूल सडकसँगैजोडिएको छ,यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । शिक्षकलाई राख्न लाखौं खर्चेर ब...
पूर्वलडाकु कुलप्रसाद भट्टराईद्वारा गृह मन्त्रालयमै आँसु झार्दै विष सेवन गरे

पूर्वलडाकु कुलप्रसाद भट्टराईद्वारा गृह मन्त्रालयमै आँसु झार्दै विष सेवन गरे

राजनीति, समाचार
काठमाडौं — विस्तृत शान्ति सम्झौता सम्म्पन भएको दिन बुधबार गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका एक पूर्वलडाकु ३५ वर्षीय कुलप्रसाद भट्टराईले गृह मन्त्रालयमै विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् । गृहमन्त्री थापालाई भेट्न गएका सामूहिक टोलीमा उनी पनि कार्यकक्ष प्रवेश गरेका थिए । द्वन्द्वकालमा आफूलाई गोली लागेको र कुनै सहयोग नपाएको भन्दै उनले आँसु झार्दै आफ्नु व्यथा सुनाएका थिए । खाने, लाउने समस्या हुँदा पनि पार्टी र सरकारले केही नगरेको भन्दै उनले खल्तीबाट विष निकालेर सेवन गरेका थिए । आजको नयाँ पत्रिकामा यो खबर छ । तत्कालै सुरक्षाकर्मीले उनलाई वीर अस्पताल पुर्याएका थिए । अस्पतालले विष सेवन गरेको पुष्टि गरेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । भट्टरार्ई पूर्वलडाकुहरूको एक समूहसँगै काठमाडौंमा बस्दै आएका छन् ।...
भक्तपुरकी उपमेयररजनी जोशीको घरमा १६ लाख बराबरको चोरी

भक्तपुरकी उपमेयररजनी जोशीको घरमा १६ लाख बराबरको चोरी

अपराध, समाचार, समाज
भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीको घरमा बुधबार चोरी भएको छ। सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल तथा सरसामान चोरी भएको प्रहरीले जनाएको छ। प्रहरीले चोरीका सम्बन्धमा थप अनुसन्धान् अघि बढाएको जनाएको छ । यसैबीच मध्यपुरठिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदन सुन्दर श्रेष्ठ दिनदाहाडै जनप्रतिनिधीको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन्। प्रेस विज्ञप्ती जारी गर्दै उहाँले ढोका फोडेर भएको चोरीको निन्दा गर्दै यथासीघ्र अनुसन्धान गरी चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिन माग गरेको नगरपालिकाका प्रशासकीय अधिककत कमल ज्ञवालीले बताएका छन।...
सन्दिपको उत्कृष्ट प्रदर्शनले केरलाको विजयी सुरूवात म्यान अफ द म्याच पनि सन्दिप नै

सन्दिपको उत्कृष्ट प्रदर्शनले केरलाको विजयी सुरूवात म्यान अफ द म्याच पनि सन्दिप नै

खेलकुद, समाचार
नेपाली राष्ट्रिय टोलीका महत्वपुर्ण सदस्य सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा केरला किङसले युएईमा जारी टी-१० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा साविकको विजेतासमेत रहेको केरलाले साहिद अफ्रिदिको पख्तुनलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । सारजाहमा पख्तुनले दिएको ११० रनको लक्ष्य केरलाले ७।५ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। केरलाका लागि कप्तान इयान मोर्गनले नटआउट रहदै ४६ रन जोडे। यस्तै पाउल स्ट्रलिङले ४० रन जोड्दा क्रिस गेल भने १३ रनमा आउट भए। यसअघि नेपाली युवा लेग स्पिनर लामिछाने चम्किएपछि पख्तुनले पुरै १० ओभर खेल्दै ५ विकेट गुमाएर १०९ रन जोडेको थियो। पख्तुनका लागि क्यामरुन डेलपोर्टले अविजित २८ तथा अन्द्र्यु डसनले २५ रन जोडेका थिए। पख्तुनलाई सस्तैमा रोक्न म्यान अफ दी म्याच लामिछानेले २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए। सन्दीपले आ...
टिपर ड्राइभरको लापर्वाहीले मोटरसाइकल चालकको ज्यान गयो

टिपर ड्राइभरको लापर्वाहीले मोटरसाइकल चालकको ज्यान गयो

अपराध, समाचार, समाज
सूर्यविनायक नगरपालिका–२ बालकोटमा गए राति करिब ९ बजे एक टिपरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ। ना ४ ख ८१८२ नम्बरको टिपरले बा ९९ प ८२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार २४ वर्षीय मनोज मगरको मृत्यु भएको महानगरीय प्रहरीबृत्त ठिमि संचारशाखाले बताएको छ । तीब्रगतिमा आएको टिपरले बालकोट हुँदै घरजाँदै गरेका महोत्तरी स्थायी घरभई हाल ललितपुरको चाँगाथली विष्णुटोल बस्दै आएका मगर सवार मोटरसाईकललाई बालकोटको मेरिगोल्ड ईङ्गलिस स्कुल अगाडि ठक्कर दिएको प्रतक्ष्यदर्शीले बताए। ‘टिपर हुर्इँकिएर आयो, बालकोटतर्फ जाँदै गरेको मोटरसाइकलाई ठक्कर दियो, मोटरसाइकल लडेको देखेर हामीले ए ए भन्दाभन्दै टिपरले ब्याक गरेर फेरि किच्यो।’ प्रहरीले टिपर र टिपर चालकलाई भगाएको प्रत्यक्षदर्शीले आरोप लगाएका छन्। प्रहरीले टिपर चालकलाई पक्राऊ गरेपछि भगाएको स्थानीयको भनाइ छ। स्था...
नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को आवेदन खुला

नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को आवेदन खुला

Featured, मनोरन्जन, समाचार
समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को आवेदन खुला गरिएको छ । आगामी माघ २३ गते राष्ट्रिय नाचघर जमलमा हुने उक्त अर्वाडका लागी मंसिर ३ गतेवाट आवेदन फारम खुला गरिएको हो । नेपाली सहित देउडा, नेवारी, तामाङ, मैथली–भोजपुरी, राई , लिम्बु, चौधरी, शेर्पा, मगर, गुरुङ भाषाका गीतहरु अवार्डमा सहभागी हुन पाउने आयोजकले जनाएको छ । नेपाली भाषाको हकमा २०१८ जनवरी १ देखि २०१८ डिसेम्बर १ सम्म बजारमा आएका गीतहरु हुनु पर्नेछ भने अन्य भाषाहरुको लागि तीन वर्ष भित्रका गीतहरुलाई समावेश गरिने आयोजकद्वारा जरी विज्ञप्तिमा उल्लेख गरिएको छ । आवेदनको म्याद पुष २० गतेसम्म रहेको छ ।...
नेपाल च्याम्बर अफ कमर्श र वुमन  च्याम्बरको आयोजनामा रक्तदान

नेपाल च्याम्बर अफ कमर्श र वुमन च्याम्बरको आयोजनामा रक्तदान

Featured, आर्थिक, समाचार
ललितपुर, ०५ मङ्सिर- राष्ट्रिय कर दिवसको अवसर माझ नेपाल च्याम्बर अफ कमर्श, वुमन च्याम्बरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । वुमन च्याम्बरले आन्तरिक राजश्व विभागसँगको सहकार्य माझ पाटन स्थित मंगलबजारमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सो रक्तदान कार्यक्रम माझबाट च्याम्बरका पदाधिकारी एबम कार्य समिति सदस्य, राजश्वका कर्मचारी, च्याम्बरका कर्मचारी, स्थानिय बासिन्दा लगायतले रक्तदान गरेका थिए । कार्यक्रममा संघिय संसदका साम्सद रामकाजी महर्जन, राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जन ,नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, च्याम्बरका सह अध्यक्ष राजेन्द्र मल्ल, वुमन च्याम्बरका अध्यक्ष अन्जान शाक्य, वुमन च्याम्बरका सह- अध्यक्ष उर्मिला श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले ब्यवसायीले कर सँगसंगै सामाजिक दायित्वल...
गृहमन्त्री ‘बादल’को क्षमतामाथि कालो बादल मडारियो : कांग्रेश नेता गगन थापा

गृहमन्त्री ‘बादल’को क्षमतामाथि कालो बादल मडारियो : कांग्रेश नेता गगन थापा

राजनीति, समाचार
‘बादल’ गृह मन्त्रालयमा रहेसम्म निर्मला पन्त हत्या प्रकरण निष्कर्षमा नपुग्ने कुरा को दाबी गरेका छन् । आज सदरमुकाम महेन्द्रनगरमा कांग्रेस कञ्चनपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता थापाले गृहमन्त्री बादल जिम्मेवारीमा रहेसम्म निर्मलाका हत्यारा पत्ता नलाग्ने र हत्या प्रकरण निष्कर्षमा नपुग्ने समेत दाबी गरे । ‘म संसदमा बोलेको सम्झन्छु, मैले गृहमन्त्री बादलको क्षमतामाथि बादल लागेको भनेको थिएँ,’ नेता थापाले भने, ‘एक–डेढ महिनायता एकपछि अर्को गरी भइरहेका घटनाहरुमा गृहमन्त्रीले राख्दै गरेका कुराहरु सुन्दै गर्दा गृहमन्त्री बादलको क्षमतामाथि मात्र होइन, निर्मला जस्ता सयौं निर्मलाका बुवाआमाहरुमाथि गृहमन्त्री बादल कालो बादलका रुपमा लाग्नु भएको छ ’ कालो बादल रहेसम्म पानी नपर्ने र पानी नपरेसम्म समाजका फोहोरहरु सफा नहुने थापाको ब्यंज्ञात्मक टिप्पणी थियो । गृहमन्त्री बादल मात्रै नभएर आम जन...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीको जनसभा काठमाडौंमा हुदै

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीको जनसभा काठमाडौंमा हुदै

राजनीति, समाचार
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आउँदो शनिबार काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ । पार्टी पुनर्गठन दिवसको अवसर पारेर चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही शनिबार काठमाडौंमा प्रदर्शनसहितको जनसभा आयोजना गर्ने भएको हो। जनसभालाई पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) ले सम्बोधन गर्नेछन् । उक्त जनसभा रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजना हुने बताइएको छ । जनसभामार्फत् पार्टी र सरकारसँग भएको वार्ता, पार्टीको भावी नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समेत बताइएको छ ।...
देउवाले चित्तबुझ्दो काम गर्नुभएन : काङ्ग्रेस नेता प्रकाशमान सिंह

देउवाले चित्तबुझ्दो काम गर्नुभएन : काङ्ग्रेस नेता प्रकाशमान सिंह

राजनीति, समाचार
रुपन्देही, रासस । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरित चलाएको आरोप लगाएका छन् । विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उनले विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको उल्लेख गरे । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको बताए । अब सबैलाई समेटेर विधान र विधिलाई अवलम्बन गर्ने नेतृत्व काङ्ग्रेसमा आवश्यक रहेको उनको भनाई थियो ।...