शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

समाचार

बेनी–जोमसोम सडकखण्ड दैनिक आठ घण्टा बन्द

बेनी–जोमसोम सडकखण्ड दैनिक आठ घण्टा बन्द

Featured, आर्थिक, समाचार
जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द हुन थालेको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको बेनीदेखि लेतेसम्ममा सवारीसाधन सञ्चालनका लागि समय तालीका लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सडक स्तरोन्नतिका लागि सवारीसाधन बन्द र काम गर्ने समय तालीका बनाएको हो । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार बेनीदेखि लेते सडकखण्डमा दैनिक बिहान ७ः३० देखि ११ः३० बजेसम्म तथा दिउँसो २ः३० देखि ६ः३० बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिनेछ । बेनीबाट मुस्ताङ जाने यात्रुले बिहान साढे ७ बजे र दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म घाँसा तथा मुस्ताङबाट आउने यात्रुले गलेश्वर पार गरिसक्नु पर्ने...
धापासीस्थित लाखेडाँडाबाट अवैध घरेलु मदिरा बरामद

धापासीस्थित लाखेडाँडाबाट अवैध घरेलु मदिरा बरामद

Featured, समाचार, समाज
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले टोखा–६ धापासीस्थित लाखेडाँडाबाट अवैध घरेलु मदिरा बरामद गरेको छ । वृतका प्रहरी नायब उपरिक्षक (डिएसपी) फणिन्द्र प्रसाईंको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाको आधारमा छापा मार्दा २ हजार लिटर तयारी अवैध मदिरा बरामद गरेको हो । डिएसपी प्रसाईंका अनुसार घरेलु मदिरासहित मदिरा उत्पादन गर्ने कच्चा पदार्थ, प्लाष्टिकका भाँडाकुँडा र अन्य सामाग्री समेत बरामद गरिएका छन् । यस्तै मदिरा बनाउन प्रयोग गरिने कोदोको कच्चा पदार्थ ३५ बोरा, ३६ वटा प्लाष्टिकको बाल्टीमा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ५०० लिटर, १२ वटा प्लाष्टिकको बाटामा भातको कच्चा पदार्थ, ५ वटा ड्रममा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ५०० लिटर बरामद गरिएको हो । घरेलु अवैध मदिराबाट समाजमा झै–झगडा भै अपराधिक क्रियाकलाप बढ्दै जाने भएकाले निरुत्साहित गर्न प्रहरीले अवैध घरेलु मदिरा बरामद गरेको हो । बर...
अमेरिकाको मर्सी अस्पतालमा गोलीबारी हुँदा कम्तीमा चारजनाको मृत्यु

अमेरिकाको मर्सी अस्पतालमा गोलीबारी हुँदा कम्तीमा चारजनाको मृत्यु

Featured, समाचार
संयुक्त राज्य अमेरिकाको शिकागोस्थित मर्सी अस्पतालमा गोलीबारी हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालका दुई महिला कर्मचारी, एक प्रहरी अधिकारी र स्वयम् बन्दुकधारी हुन् । पुलिस प्रवक्ता एन्थोनी गुग्लियोल्मीले आफ्ना एक पुलिस अधिकारी स्यामुनियल जिमेनेजको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिए । स्थानीय समायअनुसार सोमबार दिउँसो तीन बजे गोली हानाहानका क्रममा बन्दुकधारी मारिएको प्रहरीका प्रवक्ताले जानकारी दिए । उनले स्वयंलाई गोली चलाए नचलाएको बारे स्पष्ट जानकारी उपलब्ध छैन । बन्दुकधारीले आफूसँग सम्बन्ध रहेको एक महिलालाई लक्षित गरी गोली चलाएको प्रहरीले जनाएको छ । यद्यपि उनले गोली चलाउनुको उद्देश्य थाहा हुन नसकेको प्रहरीको भनाइ छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएसँगै मर्सी अस्पताललाई खाली गराइएको थियो । पछि अस्पतालले दर्जनौँ बिरामी र स्वयम् अस्पतालको सुरक...