आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

अगरबत्तीको प्याकेटभित्र लुकाएर चरेसको व्यापार, प्रहरीद्वारा १५ किलो ५०० ग्राम चरेस वरामद

अगरबत्तीको प्याकेटभित्र लुकाएर चरेसको व्यापार, प्रहरीद्वारा १५ किलो ५०० ग्राम चरेस वरामद

अपराध, समाचार, समाज
काठमाडौँ, माघ— ३ अगरबत्तीको प्याकेटभित्र हालेर चरेसको व्यापार हुने गरेको तथ्य बुधबार सार्वजनिक गरिएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लामा अगरबत्तीको प्याकेटभित्र लुकाएर हङकङ पठाउन लागिएको अवस्थामा १५ किलो ५०० ग्राम चरेससहित एक महिलालाई पक्राउ गरेपछि उक्त तथ्य बाहिर आएको छ । पक्राउ पर्नेमा नुवाकोटकी २९ वर्षीय कान्छीमाया घले रहेको ब्यूरोका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । दुईओटा ठूलो प्याकेटमा अगरबत्ती राखेर वैदेशिक भन्सार हुलाक कार्यालय सुन्धाराबाट हङकङ पठाउनेक्रममा बुधबार सोे चरेस फेलापरेको हो । ‘प्याकेट जोख्दा अस्वाभाविक तौल फेलापरेपछि कर्मचारीले खबर गर्नुभयो । तत्कालै गएर अनुसन्धान गर्दा प्याकेटभित्र कागजमा बेरेर भित्र चरेस र बाहिर अगरबत्ती फेलापर्‍यो’–जोशीले रासससँग भने । मेसिनले पेलेर पातलो बनाइ कागजमा बेरेर राखिएको अवस्थामा चरेससहित १४...
कांग्रेस सभापति देउवा निवासमा नेवि संघको धर्ना, देउवाले भनेः ‘नयाँ निर्णय गर्छु’

कांग्रेस सभापति देउवा निवासमा नेवि संघको धर्ना, देउवाले भनेः ‘नयाँ निर्णय गर्छु’

राजनीति, समाचार
काठमाडौँ, माघ— ३ नेपाल विद्यार्थी संघ (नेविसंघ) को म्याद थपिएको विरोधमा नेविसंघका नेता-कार्यकर्ताहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकन्ठमा घेराउ तथा धर्ना दिएका छन् । मोटरसाइकल र्‍यालीसहित देउवा निवास बुढानीलकण्ठ पुगेका नेता–कार्यकर्ताहरुले माघ २ गतेबाट सकिएको नेवि संघ केन्द्रिय समितिको कार्यकाल थप गरेकोमा विरोध जनाएका हुन । नेवि संघका नेताहरु दिपक भट्टराई, बामदेव अधिकारी, मनोज बैद्य, प्रदिप शर्मा, भोला नेपाललगायत काठमाडौं उपत्यका भित्रका क्याम्पस इकाइ सभापति, स्ववीयू सभापति साथै नेता–कार्यकर्ताहरु देउवा निवास पुगेका थिए । विद्यार्थी भीड बढेपछि देउवा निवासमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । धर्नामा पुगेका विद्यार्थी नेता कार्यकताहरु अधिकांश पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल निकटका छन् । विधानअनुसार बुधबार राति १२ बजेपछि नेविसंघको म्याद थियो सकिएको...
मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल–२०१९ को ताज ओजस्वी र पुस्करलाई

मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल–२०१९ को ताज ओजस्वी र पुस्करलाई

मनोरन्जन, समाचार
काठमाडौँ, माघ— ३ प्लानेट मल्टिमिडिया इन्टरनेशनलले काठमाडौं आयोजना गरेको ‘मिस एण्ड मिस टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल–२०१९’ को उपाधि ओजस्वी श्रेष्ठ तथा पुस्कर अधिकारीले जितेका छन् । राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अंकिता थापा तथा कोमल कुव“रले फस्ट रनर्स अप तथा रोजिता श्रेष्ठ तथा पृथ्वी मल्लले सेकेण्ड रनर्स अपको उपाधि जितेका छन् । प्रदेश नम्बर ३ स्तरिय उक्त प्रतियोगितामा १८ जना प्रतियोगिले सहभागिता जनाएका थिए । प्रतियोगितामा सोनम शेर्पाले पब्लिक च्वाइस एवार्ड जित्न सफल भए । प्रतियोगिताका विजेताहरु पस्मिना रोयल नेपालले विभिन्न उपहारहरु प्रदान गरेको थियो । प्रतियोगिताको निर्णायकमा नेपाल पर्यटन बोर्डका सुमन शर्मा, फेसन डिजाइनर समीर सिंह क्षेत्री, मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७ का विजेता वर्षा शर्मा तथा प्याराडक्स सिटीका सिईओ सगोल घले गुरुङ रहेका थिए । प्रतियोगिताका ...
इटालीयन सुपर कप अन्तर्गत एसी मिलानलाई हराउँदै युभेन्टसले जित्यो उपाधि

इटालीयन सुपर कप अन्तर्गत एसी मिलानलाई हराउँदै युभेन्टसले जित्यो उपाधि

खेलकुद, समाचार
काठमाडौँ, माघ— ३ यो वर्षको इटालीयन सुपर कप फुटबलको उपाधि युभेन्टसले जितेको छ । साउदी अरबको जेदाहमा गएराती सम्पन्न खेलमा एसी मिलानलाई हराउँदै युभेन्टसले किर्तीमानी आठौं पटक सुपर कपको उपाधि आफ्नो बनाएको हो । युभेन्टसलाई उपाधि दिलाउन पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले निर्णायक गोल गरे । इटालीयन लिग सिरी ए मा शिर्ष स्थानमा रहेको युभेन्टसका लागि रोनाल्डोको यो व्याक्तिगत १६ औं गोल हो । इटालीयन सुपर कप फुटबलमा अघिल्लो सिजनको सिरी ए च्याम्पियन र ईटालीयन कप च्याम्पियनले प्रतिस्पर्धा गर्ने प्रावधान रहदै आएको छ ।...
नेपाल वायुसेवा निगमको एक मात्र बोइङ विमान मर्मत गरेर ल्याएकै दिन ग्राउन्डेड

नेपाल वायुसेवा निगमको एक मात्र बोइङ विमान मर्मत गरेर ल्याएकै दिन ग्राउन्डेड

आर्थिक, समाचार
काठमाडौँ, माघ— ३ सामान्य मर्मतका लागि मलेसिया पठाएको नेपाल वायुसेवा निगमको एक मात्र बोइङ विमान बुधबार ८१ दिनपछि काठमाडौं आइपुग्यो । काठमाडौंमा आवतरण नहुँदै ककपिटको विन्डसिल्ड (हावा रोक्ने भित्री भागको सिसा) आकाशमै चर्किएपछि फेरि ग्राउन्डेड भएको छ । निगम स्रोतका अनुसार मलेसियाबाट बुधबार मर्मत गरेर ल्याइएको विमान भारतीय आकाशमा आइपुग्दा ककपिटको दायाँतर्फको विन्डसिल्ड चर्किएको थियो । ‘कोलकाता पुग्नै लाग्दा को–पाइलटतर्फको अगाडिको सिसाको एउटा तह चर्कियो,’ स्रोतले भन्यो, ‘ककपिटमा तीन तहमा सिसा राखिएको हुन्छ । तीमध्ये रसायन प्रयोग गरेर बनाइएको पारदर्शी प्लास्टिकयुक्त सिसा चर्चिएको हो ।’ स्थिति खतरायुक्त रहेमा उडिरहेको विमानले रुटमा नजिकै पर्ने अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गर्नुपर्छ । ‘हाम्रा पाइलट साथीहरूले इमरजेन्सी घोषणा नगरी नेपाल आए,’ निगमका एक पाइलटले भने, ‘उक्त विमानल...
पर्वत कुश्मास्थित मालढुङ्गामामा बस दुर्घटना, ४ जनाको मृत्यु ३७ घाईते

पर्वत कुश्मास्थित मालढुङ्गामामा बस दुर्घटना, ४ जनाको मृत्यु ३७ घाईते

समाचार, समाज
पर्वत, माघ- ३ पर्वतको कुश्मा नगरपालिकाको मालढुङ्गामा यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाईते भएका छन् । म्याग्दीको बेनीबाट चितवनको नारायणगढतर्फ आउँदै गरेको ग१ख ६१०८ नम्बरको यात्रुवाहक बस तीब्र गतिका कारण बागलुङको सीमा क्षेत्र मालढुंगाबाट बिहान करिब ७ बजेतिर कालीगण्डकी नदीमा झरेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका ४ जना भएपनि उनीहरुको अहिले सम्म सनाखत भने हुन सकेको छैन । दुर्घटनामा घाईते सवैलाई उपचारका लागि बागलुङ जिल्ला अस्पताल भर्ना गरिएको छ भने गम्भीर घाईते केहीलाई पोखरा लगिएको छ ।...
काठमाडौंमा ट्राफिक प्रहरीले मापसे जाँचमा कडाइ, दिउँसो पनि ठाउँठाउँमा चेकजाँच

काठमाडौंमा ट्राफिक प्रहरीले मापसे जाँचमा कडाइ, दिउँसो पनि ठाउँठाउँमा चेकजाँच

समाचार, समाज
काठमाडौँ, माघ— २ । काठमाडौंमा ट्राफिक प्रहरीले मापसे जाँचमा कडाइ गरेको छ । दिउँसोमा समेत मापसे जाँच थालेको प्रहरीले रातिको समेत थप कडाइ गरेको जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रहरी निरीक्षकको नेतृत्वमा दिउँसोमा विभिन्न स्थानमा मापसे जाँच थालेको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । यसअघि साँझ र रातिको समयमा मापसे जाँच हुँदै आएकोमा सवारी दुर्घटनालाई ध्यानमा राख्दै अब दिउँसोमा समेत शुरु गरिएको प्रहरीले जनाएको छ । पहिलो चरणमा दिउँसो दुई समूह प्रहरी परिचालन गरिएकाले आवश्यकताअनुसार टोली थपेर कडाइ गरिने प्रहरीले जनाएको छ । यसअघि प्रहरीले राति ७ देखि १० बजेसम्म पहिलो चरणमा र राति ११ बजेदेखि १ बजेसम्म दोस्रो चरणमा गरेर एक रातमा ५० बढी स्थानमा मापसे चेकजाँच हुँदै आएको थियो । मदिरा पिएका सवारी चालक भेटिए सवारी अनुमतिपत्रमा जरिवाना तिराएर प्...
केन्याको राजधानी नैरोबीमा पाँचतारे होटलमा आक्रमण, ६ जनाको मृत्यु

केन्याको राजधानी नैरोबीमा पाँचतारे होटलमा आक्रमण, ६ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार
नैरोबी, माघ— २ । केन्याको राजधानी नैरोबीको एक पाँचतारे होटलमा सशस्त्र समूहले गरेको आक्रमणमा परि कम्तिमा ६ जनाको मृत्यु भएको छ । राजधानी नैरोबीको वेष्टल्याण्ड क्षेत्रमा रहेको पाँचतारे होटल डुस्डिटी–टू मा अन्धाधुन्ध गोली प्रहार तथा बम बिस्फोट भएको हो । आक्रमणको जिम्मा भने सोमालियाको बिद्रोही समूह अल–शबाबले लिएको छ । रगतमा लत्तपतिएका केही मानिसहरुलाई प्रहरीले भवनबाट बाहिर निकालेको छ । अहिले भवन पूर्णरुपमा सुरक्षाकर्मीको नियन्त्रणमा रहेको त्यहाका सरकारी अधिकारीले जनाएका छन् । होटलको रेस्टुरेन्ट परिसरमै कम्तिमा पाँच जनाको ज्यान गएको सरकारी अधिकारी तथा प्रत्यक्षदर्शीले बताएका छन् । यस्तै अर्का एक जनाको अस्पतालमा उपचारको क्रममा ज्यान गएको तथा घटनामा घाइते अन्य केहीको अवस्थासमेत चिन्ताजनक रहेको त्यहाका संचारमाध्यमले जनाएका छन । घटनामा मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने सम्भावन...
चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै गजेन्द्रनारायण सिंह अस्पतालमा तनाव

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै गजेन्द्रनारायण सिंह अस्पतालमा तनाव

समाचार, समाज, स्वास्थ्य
सप्तरी, माघ— २ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयले नाराबाजी गरेका छन् । छिन्नमस्ता गाउँपालिका–६ निवासी सहदेव सदाको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएपछि आफन्त तथा स्थानीयले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । सामान्य चिसो लागेर अस्पताल भर्ना गरिएका ५५ वर्षीय सदाको चिकित्सकले समयमै उपचार नगरिदिँदा मृत्यु भएको पीडित परिवारले आरोप लगाएको छ । मृतकका आफन्त तथा स्थानीयले अस्पतालको मुख्यद्वारमै टायर बालेर प्रदर्शन गरेका थिए भने त्यसक्रममा प्रहरीसित केहीबेर घम्साघम्सी समेत भएको थियो । गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त प्रमुख डा. रञ्जितकुमार झाले सिकिस्त अवस्थामा अस्पताल ल्याइएका सदाको उपचारकैक्रममा मृत्यु भएको दाबी समेत गरेका छन् ।...
महिला टी–२० महिला क्रिकेट प्रतियोगितामा समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

महिला टी–२० महिला क्रिकेट प्रतियोगितामा समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

खेलकुद, समाचार
काठमाडौँ, माघ— २ । थाइल्याण्डमा जारी महिला टी–२० महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले अल आउट हुनुपूर्व १५ ओभर ४ बलमा १९ रन मात्र बनाउन सक्यो । थाइल्याण्डले दिएको २० रनको सामान्य लक्ष्य नेपालले एक विकेट गुमाएर ३.३ ओभरमा पूरा गर्‍यो । थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका आरती विडारीले ३, इन्दु बर्मा र सरिता मगरले समान २-२ विकेट तथा रूविना क्षेत्री, सोनु खड्का र सीता रानामगरले एक/एक विकेट लिए । आयोजक थाइल्याण्डका लागि तान्चानोक फोप्लुकले सर्वाधिक चार रन बनाइन् । नेपालले अतिरिक्त सात रन दिएको थियो भने थाइल्याण्डका पाँच खेलाडी शून्यमा आउट भएका थिए । ...