kenya

नैरोबी, माघ— २ ।

केन्याको राजधानी नैरोबीको एक पाँचतारे होटलमा सशस्त्र समूहले गरेको आक्रमणमा परि कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

राजधानी नैरोबीको वेष्टल्याण्ड क्षेत्रमा रहेको पाँचतारे होटल डुस्डिटी–टू मा अन्धाधुन्ध गोली प्रहार तथा बम बिस्फोट भएको हो ।

आक्रमणको जिम्मा भने सोमालियाको बिद्रोही समूह अल–शबाबले लिएको छ ।

रगतमा लत्तपतिएका केही मानिसहरुलाई प्रहरीले भवनबाट बाहिर निकालेको छ । अहिले भवन पूर्णरुपमा सुरक्षाकर्मीको नियन्त्रणमा रहेको त्यहाका सरकारी अधिकारीले जनाएका छन् ।

होटलको रेस्टुरेन्ट परिसरमै कम्तिमा पाँच जनाको ज्यान गएको सरकारी अधिकारी तथा प्रत्यक्षदर्शीले बताएका छन् ।

यस्तै अर्का एक जनाको अस्पतालमा उपचारको क्रममा ज्यान गएको तथा घटनामा घाइते अन्य केहीको अवस्थासमेत चिन्ताजनक रहेको त्यहाका संचारमाध्यमले जनाएका छन ।

घटनामा मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् ।
(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here