Italian super cup football

काठमाडौँ, माघ— ३

यो वर्षको इटालीयन सुपर कप फुटबलको उपाधि युभेन्टसले जितेको छ ।

साउदी अरबको जेदाहमा गएराती सम्पन्न खेलमा एसी मिलानलाई हराउँदै युभेन्टसले किर्तीमानी आठौं पटक सुपर कपको उपाधि आफ्नो बनाएको हो ।

युभेन्टसलाई उपाधि दिलाउन पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले निर्णायक गोल गरे ।

इटालीयन लिग सिरी ए मा शिर्ष स्थानमा रहेको युभेन्टसका लागि रोनाल्डोको यो व्याक्तिगत १६ औं गोल हो ।

इटालीयन सुपर कप फुटबलमा अघिल्लो सिजनको सिरी ए च्याम्पियन र ईटालीयन कप च्याम्पियनले प्रतिस्पर्धा गर्ने प्रावधान रहदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here