मोटरसाइकलमा यात्रु ओसार्न मध्यस्थता गर्ने टुटल र पठाओको सेवामा रोक
काठमाडौँ, माघ— २ ।
काठमाडौंमा मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने टुटल र पठाओको सेवामा ट्राफिक प्रहरीले रोक लगाएको छ । दुवै मोटरसाइकल धनीले अर्को व्यक्तिलाई गन्तव्यसम्म पुर्याउने सेवाका लागि मध्यस्थता गर्दै आएका छन् ।
टुटलले दुई वर्षदेखि सेवा दिइरहेको छ भने पठाओ केही महिनाअघि मात्रै सञ्चालनमा आएको हो । मोटरसाइकलमा यात्रु ओसार्ने व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरी कारबाही गर्न थालेको छ । दुवैको सेवा गैरकानुनी भएको ट्राफिक प्रहरीको भनाइ छ । अहिलेसम्म चार जनालाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले बताए ।
टुटलका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्ट भने राइड सेयरिङ सुविधाका लागि आफ्नो कम्पनीले मध्यस्थता मात्रै गरेकाले यातायात सेवा दिने कम्पनी नभएको बताउँछन् । ‘धेरै वर्षअघि बनेको कानुन देखाएर नवीनतम प्रविधि प्रयोग ग...









