poland's mayer

काठमाडौं, माघ- १ ।

पोल्यान्डको गडान्स्क शहरका मेयर पावेल अडमोविजको हत्या भएको छ ।

मेयर पावेल माथि परोपकारी सम्बन्धी एक कार्यक्रममा सहभागी भएका बेला धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।

हतियार प्रहार पश्चात ५३ वर्षीय मेयर पावेलको उपचारका क्रममा निधन भएको अधिकारीहरुले जनाएको छ ।

सयौं मानिस सहभागी रहेको कार्यक्रममा मेयर पावेल स्टेजमै रहेका बेला एक व्यक्तिले धारिलो हतियार प्रहार गरेका थिए ।

गम्भीर घाइते भएका मेयरलाई तत्काल उपचारका लागि अस्पतालमा पुर्‍याइएको थियो ।

अस्पतालमा पावेलको पाँच घण्टा लामो शल्यक्रिया गरिए पनि उनलाई बचाउन नसकिएको अधिकारीहरुले जनाएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा २७ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले पत्रकारको परिचयपत्र बनाएर मेयरलाई भेट्ने क्रममा आक्रमण गरेको आरोप प्रहरीले लगाएको छ ।

पक्राउ परेका व्यक्ति यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न रहेको समेत प्रहरीको आरोप छ ।

मेयर पावेल अडमोविजको हत्याको विरोधमा देशभर प्रदर्शन चर्किएको भएको छ ।
(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here