makar sankranti

काठमाडौं, माघ- १ ।

आज माघ १ गत्ते अर्थात माघे संक्रान्ति पर्व । मकर संक्रान्तिको नमाले समेत चिनिने यो पर्व घ्यूरा–चाकु, तिलको लड्डु र तरुल खाएर मनाइँदै छ ।

आज देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरि यो पर्व मनाईने गरिन्छ ।

यसै दिनदेखि ज्योतिष शास्त्र अनुसार सौर्य तिथिका हिसाबले सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ ।

त्यसैले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिएको हो ।

आज देशका विभिन्न तीर्थस्थलहरुमा मेला लाग्नुको साथै स्नानगरी दान तथा पूजा गर्नेको भीड लागेको छ ।

विशेषगरी चितवन–नवलपरासीको देवघाट, सिन्धुली-उदयपुरको त्रिवेणी, गुल्मी र पाल्पाको संगमस्थल रिडी, इलामको माई, नुवाकोट–रसुवा सीमाको उत्तरगया अर्थात् वेत्रावतीलगायत नदी किनारमा आज भक्तजनको विशेष मेला लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here