शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

राजनीति

‘वाइडबडी छानबिन बारे संसदीय उपसमिति मात्र सर्वेसर्वा होइन’- प्रधानमन्त्री ओली

‘वाइडबडी छानबिन बारे संसदीय उपसमिति मात्र सर्वेसर्वा होइन’- प्रधानमन्त्री ओली

राजनीति, समाचार
काठमाडौं, पुस-१९ । प्रधानमन्त्री केपी ओलीले वाइडबडी जहाज खरिद प्रक्रियाको छानबिनमा संसदीय उपसमिति नै सर्वेसर्वा नभएको बताएका छन् । उनले समितिको कायैशैलीप्रति र प्रतिवेदन समितिमा नबुझाउँदै बाहिर चुहाएको भन्दै आपत्ति जनाएका छन् । ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममको २३औं श्रृखलामा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले यो विषयमा उनले संसद्को पूर्णसमिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विशेष छानबिनका लागि अपिल गरेका छन्। ‘उपसमिति नै सर्वेसर्वा हँदैन। त्यसको काम समितिमा बुझाउने हो। अब त्यसले उधुम, के के न बाघका जुंगा उखेल्यौं भनेर त्यसको हातमा भएका राैं चाँहि बाघका जुंगा नै हुन कि होइनन्? त्यो त समितिले भन्ला या संसदले भन्ला,’ प्रधानमन्त्री ओलीले भने। उपसमितिले बुुधबार संसदको सार्वजनिक लेखा समितिलाई ४ अर्ब ३५ करोड अनियमितता भएकाे प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्री ओलीले के भने? ...
बलात्कारीलाई मृत्युदन्ड दिने कानुन बनाउन सांसदको माग

बलात्कारीलाई मृत्युदन्ड दिने कानुन बनाउन सांसदको माग

राजनीति, समाचार
काठमाडौं, पुस-१८ । सांसद प्रदीप यादवले बलात्कारीलाई मृत्युदन्ड दिने कानुन बनाउन संसदको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको शून्य समयको बैठकमा सांसद यादवले पर्सा जिल्लाका देवकुमार पटेलले सोही जिल्लाका पाँच वर्षीया बालिकालाई बलात्कार गरेकाले निजलाई मृत्युदन्ड हुनुपर्ने बताए । सांसद नवराज राउतले भेरी नदीको पुल निर्माणमा ढिलासुस्ती, नारायणप्रसाद मरासनीले स्याङ्जा, पुतलीबजार नगरपालिका–१०, ११ र १२ का कृषकलाई राहत, पार्वती विसुङ्खेले कालिकोटमा भएको आगोलागीपीडितलाई उचित व्यवस्थापन, प्रेमबहादुर आलेले अमरगढी बस दुर्घटनाका घाइतेको औषधि उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसैगरी, सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पानीजहाजका विषयमा संसदलाई जवाफ दिनुपर्ने माग गरेका छन् । ‘प्रधानमन्त्रीले २०७५ साल पुस १६ बाट नेपालमा पानीजहाज सन्चालन हुन...
खोइ त प्रधानमन्त्री ज्यु पुसमा पानीजहाज ?

खोइ त प्रधानमन्त्री ज्यु पुसमा पानीजहाज ?

राजनीति, समाचार
काठमाडौं, पुस-१६ । पुस १६ गते । आजभन्दा ७ महिनाअघि असार १४ गते काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पानीजहाज र रेलको कुरा गर्दा उडाउने गरेको भन्दै ‘पुस १६ गते पानीजहाज चढ्न टिकट काटेर तयार हुनोस्’ भनेका थिए । रोचक कुरा त उनले सोही भाषणकाक्रममा डिजिटल दुनियाँमा बोलेका सबै कुरा रेकर्ड हुने भन्दै विचार गरेर बोल्न आग्रहसमेत गरेका थिए । स्रोता–दर्शकलाई मन्त्रमुग्ध पार्नेगरी भाषण गर्ने शैली निकै नै राम्रो शैली हो । अझ त्यसमा विभिन्न विम्ब मिसाएर स्थानीयकरण गर्दै बुझ्ने शैलीमा भाषण गर्नसकेमा झन् राम्रो । प्रधानमन्त्री केपी शर्मा ओली यो मामलामा माहिर छन् । अझ उनमा अर्को एउटा फरक क्षमता छ, भाषणकैक्रममा उखान, टुक्का र विम्ब मिसाएर हसाउँदै व्यंग्यात्मक शैलीमा भाषण गर्ने । तर, पछिल्ला दिनहरुमा उनका बोलीहरु नै उनका लागि समस्या बन्दै गएको पनि पाइन्छ । कतिपय ...
जनचाहनाअनुसार काम गर्न नसकेकाले सरकारको औचित्य समाप्त : कांग्रेस सभापति देउवा

जनचाहनाअनुसार काम गर्न नसकेकाले सरकारको औचित्य समाप्त : कांग्रेस सभापति देउवा

राजनीति, समाचार
काठमाडौं, पुस-१६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले एकता र मेलमिलापको राजनीति नरुचाएको आरोप लगाएका छन् । ४३औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसर पारेर सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकार मेलमिलापलाई लत्याएर एकलौटीरुपमा हिँड्न चाहिरहेको जनाए । कांग्रेसले प्रजातन्त्रका लागि कसैसँग सम्झौता नगर्ने बताउदै बीपीले लिएको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । एकलौटी हिँडेर गन्तव्यमा पुग्न कठिन हुने भन्दै देउवाले ढिलो–चाँडो वर्तमान सरकार मेलमिलाप र एकतामा आउने विश्वास समेत व्यक्त गरे । देउवाले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याराको संरक्षण सरकारले नै गरेको आरोप लगाउदै सरकारले जनचाहनाअनुसार काम गर्न नसकेकाले वर्तमान सरकारको औचित्य समाप्त भईसकेको बताए। कांग्रेस नेता नरहरि आर्चाय र गगन थापाले मेलमिलापबाट...
धर्मका बारेमा नेपाली कांग्रेसभित्र कुनै प्रस्ताव आएको छैनः सहमहामन्त्री डा.महत

धर्मका बारेमा नेपाली कांग्रेसभित्र कुनै प्रस्ताव आएको छैनः सहमहामन्त्री डा.महत

राजनीति, समाचार
काठमाडौं, पुस-१६ । नेपाली कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले धर्मको बारेमा पार्टीमा कुनै किसिमको प्रस्ताव नआएको र छलफलसमेत नभएको जनाएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजनामा गरेको नेता तथा कार्यकर्ता साथै पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै डा. महतले हिन्दू धर्मको बारेमा पार्टीमा कुरा नउठेको स्पष्ट पारेका छन् । सहमहामन्त्री डा. महतले गुट बन्दी पार्टीका लागि घातक भएको भन्दै अब व्यक्तिगत स्वार्थका लागि गुटबन्दी गर्न नहुने जनाए । डा महतले सरकारले संस्थागत रुपमा भ्रष्टाचार गरेको स,मेत आरोप लगाए । हिजोका दिनमा भएका कमीकमजोरीलाई सच्याएर अघि बढे नेपाली कांग्रेस पहिलो पार्टी हुने बिश्वास डा. महतले ब्यक्त गरे ।...
नेपाली काँग्रेसले आज विभिन्न कार्यक्रम गरी ४३ औं राष्ट्रिय एकता दिवस मनाउँदै

नेपाली काँग्रेसले आज विभिन्न कार्यक्रम गरी ४३ औं राष्ट्रिय एकता दिवस मनाउँदै

राजनीति, समाचार
काठमाडौं, पुस-१६ । आज देशभर विभिन्न कार्यक्रम गरी नेपाली काँग्रेसले ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ जसको तयारीको लागि पार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र अन्य शीर्ष नेताहरु २०३३ साल पौष १६ गते आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनको सम्झनामा काँग्रेसले यो दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आमसभा, गोष्ठी, र्याली, कोणसभा लगायतका विभिन्न कार्यक्रम गर्न काँग्रेसले केन्द्रीय प्रतिनिधिलाई खटाएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आज काठमाडौमा हुने कार्यक्रममा सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी पार्टीका अर्का नेता रामचन्द्र पौडेलले गोरखामा हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम ...
गुरुङ समुदायमा तमु ल्होसार पर्व मनाइँदैःटुँडिखेलमा विशेष कार्यक्रम, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश जारी

गुरुङ समुदायमा तमु ल्होसार पर्व मनाइँदैःटुँडिखेलमा विशेष कार्यक्रम, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश जारी

राजनीति, समाचार
काठमाडौं, पुस- १५। पुरानो वर्षको बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास रहेको छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग समेत सम्बन्धित रहेको जानकारहरुय बताउछन । गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, स्याङ्जा, मनाङ, गोरखा, तनहुँ, कास्की, पर्वतलगायतका जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको बताइन्छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा त्यो समुदायमा यो पर्व मनाइने जनविश्वास रहेको पाईन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको विशेष महत्व रहेको पाईन्छ । यस पर्वको अवसरमा आज काठमाडौंको टुँडिखे...
नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

राजनीति, समाचार
काठमाडौं, पुस- १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ । मंसिर २९ गतेबाट सुरु भएको नेकपा स्थायी समिति बैठकमा नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पुर्याउन नसकेकोभन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए । पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको हो । बैठकमा अध्यक्षद्वयले सदस्यहरुले राखेको सुझाव राजनीतिक प्रतिवेदनमा समेट्ने आश्वासन दिएपछि प्रतिवेदन पारित भएको हो । यसअघि हिजो बसेको स्थायी बैठकमा अध्यक्षद्वको राजनीतिक प्रस्तावमा सहमति जुट्न सकेको थिएन ।...
‘कर्मचारी समायोजन अध्यादेश-२०७५’ माथि पुनर्विचार नगरिने: मन्त्री पण्डित

‘कर्मचारी समायोजन अध्यादेश-२०७५’ माथि पुनर्विचार नगरिने: मन्त्री पण्डित

राजनीति, समाचार
काठमाडौं, पुस- ११ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘कर्मचारी समायोजन अध्यादेश-२०७५’ माथि पुनर्विचार गर्न नसकिने जनाएका छन् । अध्यादेशमा कर्मचारीको वृत्ति विकास रोक्ने कुनै प्रावधान नराखिएको उनले बताए । बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनहरुसँग छलफल गरेर अध्यादेश ल्याइएको जनाए । सरकारले संघीय संसदको हिउँदे अधिवेशन सुरु भएलगत्तै संघीय निजामती सेवा ऐन पेश गरि पारित हुने वित्तिकै संघ, प्रदेश र स्थानीय तहका लागि आवश्यक संघीय प्रादेशिक सेवा ऐन, प्रादेशिक निजामती सेवा ऐन र स्थानीय सेवा ऐन पनि ड्राफ्टको रुपमा संघीय संसदमा पेश गर्ने योजना रहको पण्डितले जनाए । उनले स्थानीय र प्रदेश तहको विकास, निर्माण र सेवा प्रवाहको काममा अवरोध आउन नदिन सरकारले कर्मचारी समायोजना अध्यादेश ल्याउनु परेको स्पष...
सामुहिक नेतृत्व र छलफलका आधारमा अगाडि बढ्नुपर्नेः नेकपा अध्यक्ष दाहाल

सामुहिक नेतृत्व र छलफलका आधारमा अगाडि बढ्नुपर्नेः नेकपा अध्यक्ष दाहाल

राजनीति, समाचार
काठमाडौं, पुस- ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहालले सरकार र पार्टी सञ्चालनबीच समन्वय हुनुपर्नेमा बताएका छन । पार्टीको स्थायी कमिटीको आजको बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष दाहालले सामुहिक नेतृत्व र छलफलका आधारमा अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका छन । दाहालले समन्वय गरेर अगाडि बढे मात्र पार्टी र सरकार सफल हुने धारणा व्यक्त गरेका छन । दुई अध्यक्षले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनबारे सदस्यले दिएको सुझाव समेट्दै परिमार्जन गरेर त्यसलाई पारित गर्नुपर्ने भनाई उनले राखे । दाहालले सदस्यहरुले राखेका धारणाका विषयमा कार्यदल बनाएर समस्या सामधान गर्नुपर्ने भन्दै बैठकबाटै सबै बिवादको टुंगो लगाएर स्थायी समितिबाटै कार्यदल बनाउन प्रस्ताव गरे । अध्यक्ष दाहालले सरकारको रक्षा गर्दै, सरकारले गरेका राम्रा कामको प्रचारमा ध्यान दिन पनि ...