Dr. mahat

काठमाडौं, पुस-१६ ।

नेपाली कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले धर्मको बारेमा पार्टीमा कुनै किसिमको प्रस्ताव नआएको र छलफलसमेत नभएको जनाएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजनामा गरेको नेता तथा कार्यकर्ता साथै पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै डा. महतले हिन्दू धर्मको बारेमा पार्टीमा कुरा नउठेको स्पष्ट पारेका छन् ।

सहमहामन्त्री डा. महतले गुट बन्दी पार्टीका लागि घातक भएको भन्दै अब व्यक्तिगत स्वार्थका लागि गुटबन्दी गर्न नहुने जनाए । डा महतले सरकारले संस्थागत रुपमा भ्रष्टाचार गरेको स,मेत आरोप लगाए ।

हिजोका दिनमा भएका कमीकमजोरीलाई सच्याएर अघि बढे नेपाली कांग्रेस पहिलो पार्टी हुने बिश्वास डा. महतले ब्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here