आइत, जेष्ठ १३, २०८१
Sun, May 26, 2024
Shadow

बंगलादेशमा भएको आम निर्वाचनमा शेख हसिनाको पार्टी अवामी लिग बहुमतका साथ विजयी

काठमाडौं, पुस-१६ ।

बंगलादेशमा भएको आम निर्वाचनमा बहालवाला प्रधानमन्त्री शेख हसिना वाजेदको पार्टी अवामी लिग बहुमतका साथ विजयी भएको छ ।

हिजो सम्पन्न भएको निर्वाचनमा अवामी लिगले आफ्नो पकड पुनः दोहोर्याएको छ । अवामी लिगले ३ सय ८० संसदीय क्षेत्रमध्ये २८१ मा आफ्नो जित निकाल्न सफल भयो ।

बहुमतको साथ जित निकालेसंगै प्रधानमन्त्री हसिनाले आफ्नो तेस्रो कार्यकाल सुरक्षित गर्न सफल हुनु भएको छ ।

तर बंगलादेशको मुख्य विपक्षी दल बंगलादेशले नेस्नलिस्ट पार्टीले भने निर्वाचन परिणामलाई अस्वीकार गरेको छ ।

मुख्य विपक्षी दलले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको मागसमेत गरेको छ । बीएनपीका प्रवक्ताले २२१ संसदीय निर्वाचन क्षेत्रमा धाँधली भएको आरोप लगाएका छन् ।

मतदान सुरु हुनुपूर्व नै विपक्षी गठबन्धनका झण्डै ४७ उम्मेदवारले निर्वाचनमा गडबडी हुन लागेको भन्दै बुथ बहिष्कार गरेका थिए ।

आम निर्वाचनका क्रममा भएको हिंसामा परी बंगलादेशमा १७ जनाको मृत्यु भएको थियो ।
(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *