parliament

काठमाडौं, पुस-१८ ।

सांसद प्रदीप यादवले बलात्कारीलाई मृत्युदन्ड दिने कानुन बनाउन संसदको ध्यानाकर्षण गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको शून्य समयको बैठकमा सांसद यादवले पर्सा जिल्लाका देवकुमार पटेलले सोही जिल्लाका पाँच वर्षीया बालिकालाई बलात्कार गरेकाले निजलाई मृत्युदन्ड हुनुपर्ने बताए ।

सांसद नवराज राउतले भेरी नदीको पुल निर्माणमा ढिलासुस्ती, नारायणप्रसाद मरासनीले स्याङ्जा, पुतलीबजार नगरपालिका–१०, ११ र १२ का कृषकलाई राहत, पार्वती विसुङ्खेले कालिकोटमा भएको आगोलागीपीडितलाई उचित व्यवस्थापन, प्रेमबहादुर आलेले अमरगढी बस दुर्घटनाका घाइतेको औषधि उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यसैगरी, सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पानीजहाजका विषयमा संसदलाई जवाफ दिनुपर्ने माग गरेका छन् ।

‘प्रधानमन्त्रीले २०७५ साल पुस १६ बाट नेपालमा पानीजहाज सन्चालन हुन्छ भन्नुभएको थियो । तर, पानीजहाज सन्चालनमा आएन । त्यसैले उहाँबाट संसदलाई जवाफ दिनुपर्छ’–उनले भने ।
रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here