sandeep lamichhane on bbl

काठमाडौं, पुस-१८ ।

अष्ट्रेलियाको चर्चित क्रिकेट लिग बिग बासमा सुरुवाती ४ खेलपछि नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछाने बंगलादेश पुगेका छन् । लामिछाने बिग बासका बाँकी खेल छाडेर बंगलादेश प्रिमियर लिग क्रिकेट खेल्न ढाका आएका हुन् ।
शनिबारबाट सुरु हुने बंगलादेश प्रिमियर लिग क्रिकेट बिपीएलमा उनी डेबिड वार्नर नेतृत्वको सेलेट सिक्सर्सबाट खेल्दैछन् ।
पहिलो खेलमा सेलेटले आइतबार बिपीएलमा कोमिल्ला भिक्टोरियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

फेब्रुअरी ८ सम्म चल्ने बंगलादेश प्रिमियर लिगको समाप्तिपछि लामिछाने फेरी बिग बास लिग खेल्न अष्ट्रेलिया फर्कनेछन् ।
त्यसैगरी जनवरी २५ देखी नेपाल र युएईबीचको वान डे र टि–२० सिरिज परेकाले लामिछानेले बिपीएलका केही खेल गुमाउने संभावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here