nepali congress rashtiya melmilap divas

काठमाडौं, पुस-१६ ।

आज देशभर विभिन्न कार्यक्रम गरी नेपाली काँग्रेसले ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ जसको तयारीको लागि पार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ ।

विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र अन्य शीर्ष नेताहरु २०३३ साल पौष १६ गते आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनको सम्झनामा काँग्रेसले यो दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आमसभा, गोष्ठी, र्याली, कोणसभा लगायतका विभिन्न कार्यक्रम गर्न काँग्रेसले केन्द्रीय प्रतिनिधिलाई खटाएको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आज काठमाडौमा हुने कार्यक्रममा सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी पार्टीका अर्का नेता रामचन्द्र पौडेलले गोरखामा हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here