sher bahadur deuwa on rashtriya melmilap diwas

काठमाडौं, पुस-१६ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले एकता र मेलमिलापको राजनीति नरुचाएको आरोप लगाएका छन् ।

४३औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसर पारेर सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकार मेलमिलापलाई लत्याएर एकलौटीरुपमा हिँड्न चाहिरहेको जनाए ।

कांग्रेसले प्रजातन्त्रका लागि कसैसँग सम्झौता नगर्ने बताउदै बीपीले लिएको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । एकलौटी हिँडेर गन्तव्यमा पुग्न कठिन हुने भन्दै देउवाले ढिलो–चाँडो वर्तमान सरकार मेलमिलाप र एकतामा आउने विश्वास समेत व्यक्त गरे ।

देउवाले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याराको संरक्षण सरकारले नै गरेको आरोप लगाउदै सरकारले जनचाहनाअनुसार काम गर्न नसकेकाले वर्तमान सरकारको औचित्य समाप्त भईसकेको बताए।

कांग्रेस नेता नरहरि आर्चाय र गगन थापाले मेलमिलापबाटमात्र समृद्धि सम्भव रहेको बताए ।

बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिबाट नेपालका राजनीतिक पार्टीले पाठ सिक्नुपर्ने उनीहरुको भनाइ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here