tamu Loshar तमु ल्होसार

काठमाडौं, पुस- १५।

पुरानो वर्षको बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास रहेको छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग समेत सम्बन्धित रहेको जानकारहरुय बताउछन ।

गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, स्याङ्जा, मनाङ, गोरखा, तनहुँ, कास्की, पर्वतलगायतका जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको बताइन्छ ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा त्यो समुदायमा यो पर्व मनाइने जनविश्वास रहेको पाईन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको विशेष महत्व रहेको पाईन्छ ।

यस पर्वको अवसरमा आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले बताएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारका अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश दिएका छन् ।

राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा तमु ल्होसार जस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको उल्लेख गरिएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको सन्देशमा सरकार समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागि परेको जनाएका छन ।

ओलीले विविधतामा खेलेर द्वन्द्वको विजारोपण गर्ने तत्व विगतमा धेरै सक्रिय भए तर नेपालीको एकताले त्यस्ता तत्वको प्रयास कहिल्यै सफल हुन नसकेको भन्दै अब आर्थिक विकास र समृद्धिको यात्रा सरकारले प्रारम्भ गरेको स्पष्ट पारेका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान शुरु गरेकाले यसलाई सफल बनाउन तमु समुदायले सरकारसँग सहकार्य गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here