शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

अपराध

सुन सफा गरिदिने निहुँमा ठगी गर्ने ६ जना भारतीय नागरिक पक्राउ

सुन सफा गरिदिने निहुँमा ठगी गर्ने ६ जना भारतीय नागरिक पक्राउ

अपराध, समाचार, समाज
भोजपुर, पुस-१३ । भोजपुरमा ठगी गर्दै हिँड्ने ६ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुन सफा गरिदिन्छौँ भन्दै सोझासाझा स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै हिँड्ने उनीहरुलाई पौवादुम्मा गाउँपालिका–४ वास्तिमबाट पक्राउ गरिएको भोजपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख केशवकुमार थेवेले जानकारी दिए । पक्राउ पर्नेमा भारतको मोतीहारी जिल्ला घोडासहन १४ का लवकुश साह, जितेन्द्र साह, शरणकुमार साह, रवीन्द्र साह, रमेश कुमार र राकेशकुमार रहेको प्रमुख थेवेले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई बिहीबार भोजपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ । (रासस)...
चितवनको भरतपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु

चितवनको भरतपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु

अपराध, समाचार, समाज
चितवन, पुस- १३ । आज बिहान ७ः३० बजे चितवनको भरतपुर महानगरपालिका– १० र १२ को सिमानामा पर्ने बाइपास रोडमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका–३ घर भई हाकिमचोकमा फर्निचरको काम गरी बस्ने १८ वर्षीय श्याम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । साइकलयात्री चौधरीलाई आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको ना७ख १३९४ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।...
इलाममा एक वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ

इलाममा एक वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ

अपराध, समाचार, समाज
इलाम, पुस- १२ । इलामको सन्दकपुर गाउँपालिकाकी एक वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । गत शनिबार घरमै गई जबर्जस्ती गरेको आरोपमा प्रहरीले इलामको सन्दकपुर गाउँपालिका–४ का ३० वर्षीय सोम राई र झापा बुद्धशान्ति गाउँपालिका–४ बुधबारे निवासी २७ वर्षीय उत्तम श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूमाथि अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । यसैगरी जिल्ला अस्पताल इलाममा कार्यरत कर्मचारीहरूमाथि हातपात गरेको आरोपमा प्रहरीले माईजोगमाई गापा–४ की सामना लिम्बू र इलाम नगरपालिका–९ का २२ वर्षीय राजन राईलाई पक्राउ गरेको छ । ड्यूटीमा रहेका कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीले उनीहरूलाई राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरी हिरासतमा ...
धरानमा बच्चाको शव पुलमुनि बर्कोले बेरेर फालेको अवस्थामा भेटियो

धरानमा बच्चाको शव पुलमुनि बर्कोले बेरेर फालेको अवस्थामा भेटियो

अपराध, समाचार, समाज
सुनसरी, पुस- ११ । सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित सेउती खोलामा रहेको पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव भेटिएको छ । बर्कोले बेरेर फालेको अवस्थामा भेटिएको बच्चाको शव निकै अगाडि फालिएकोले सडेको अवस्थामा रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदनकुमार तिम्सिनाले जनाएका छन । शवलाई प्रहरीचौकी पानवारी वडाका जनप्रतिनिधि र बाँझगार सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको उपस्थितिमा मुचुल्का उठाएर सोही ठाउँमा आज पुरिएको जनाईएको छ । शवलाई गाडेको स्थानबाट जनवारले उधिनेको हुनसक्ने प्रहरी निरीक्षक तिम्सिनाले जनाए ।...
सामाजिक सन्जालमा वडा अध्यक्षविरुद्ध जथाभावी लेख्ने युवा पक्राउ

सामाजिक सन्जालमा वडा अध्यक्षविरुद्ध जथाभावी लेख्ने युवा पक्राउ

अपराध, समाचार, समाज
काठमाडौं, पुस- १० । अर्घाखाँचीमा सामाजिक सञ्जालमा वडा अध्यक्षको चरित्रहत्या गर्ने गरी लेखेर पोष्ट गरेको आरोपमा एक युवा प्रक्राउ परेका छन । सन्धिखर्क नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष धुर्ब आचार्यलाई चरित्रहत्या गरि हत्यारा संरक्षण गरेको आरोप लगाई फेसबुकमा स्टाटस राखेको आरोपमा सचिन पाण्डे पक्राउ परेका छन् । वडा अध्यक्षले कुटपिटको घटनामा मिलापत्र गराएर अपराधी संरक्षण गरेको भन्दै स्टाटस पोष्ट गरेको आरोपमा पाण्डे पक्राउ परेका हुन् । सामाजिक संजालमा मनलाग्दी लेखेर चरित्र हत्या गरेकाले जिल्ला प्रहरीमा उजुरी दिएको वडा अध्यक्ष आचार्यले बताएका छन। पाण्डेलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरि छानबिन भईरहेको जिल्ला प्रहरी कार्यालले बताएको छ ।...
कुखुराको खुट्टा भाँचेको आरोप लागेपछि चार दिनदेखि हिरासतमा

कुखुराको खुट्टा भाँचेको आरोप लागेपछि चार दिनदेखि हिरासतमा

अपराध, समाचार, समाज
बाँके, पुस- १० । कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । गत मङ्सिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचिदिएको भन्दै कुखुरा लिएर जिल्ला प्रहरी कार्यालय बाँके पुगेर उनकै छिमेकी मोहम्मद रफिकले उजुरी दर्ता गराएका थिए । पटक–पटकको छलफलपछि पनि उनीहरूबीच कुरा मिल्न सकेको थिएन । प्रहरी कार्यालयमा भएको छलफलअनुसार मुद्दा दिने रफिकलाई कुखुराको मूल्य लिएर मिल्न र अकबाललाई कुखुराको मूल्य तिरेर लैजान सुझाव दिए पनि दुवैजनाले सुझाव अस्वीकार गरेपछि अकबालमाथि मुद्दा चलाइएको थियो । घटनाको दुई सातापछि अकबाल शनिबारदेखि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा छन् । तर जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले कुखुराको खुट्टा भाँचेको आरोपमा नभई अभद्र व्यवहार गरेको उजुरीका आधार...
अख्तियारले बुटवल उपमहानगरपालिकाका वडासचिवलाई घुससहित रङ्गेहात पक्राउ गर्यो

अख्तियारले बुटवल उपमहानगरपालिकाका वडासचिवलाई घुससहित रङ्गेहात पक्राउ गर्यो

अपराध, समाचार
काठमाडौं, पुस- ९ । बुटवल उपमहानगरपालिकाका वडासचिव घुससहित रङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले वडानम्बर १३ का सचिव भरत काउचालाई सेवाग्राहीबाट ५ हजार घुस लिंदै गरेको अवस्थाबाटै पक्राउ गरेको हो । बुटवल उपमहानगरपालिका गेट अगाडिको एक रेष्टुरेन्टमा उनले रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जानकारी दिएको छ । काउचाले पञ्जीकरण जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटनाको दर्तामा सेवाग्राहीसँग घुस लिएको जनाइएको छ । काउचाले यस्ता विषयमा घुस लिने गरेको गुनासो अख्तियारसम्म पुगेपछि उनी पक्राउ परेका हुन् । एक दशकदेखि बुटवल उपमहानगरपालिका बिभिन्न शाखामा रहेर काम गरेका काउचा पछिल्लो समय बडानम्बर १३ को सचिवका रुपमा कार्यरतरहदै आएका थिए । अख्तियारको टोलीले काउचा...
निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन आग्रह गर्दै राष्ट्रसंघमा बुझाइयो हस्ताक्षर

निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन आग्रह गर्दै राष्ट्रसंघमा बुझाइयो हस्ताक्षर

अपराध, समाज
काठमाडौं, पुस- ९ । कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरी सहयोग गरिदिन संयुक्त राष्ट्र संघलाई आग्रह सहित हस्तक्षार संकलन गरी बुझाइएको छ । घटनाको लगभग ५ महिना हुनलाग्दा समेत सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाई कारबाही गर्न नसकेको भन्दै त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाई दिन पहल गरिदिनु भन्दै सोमबार ललितपुुरको पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा हस्ताक्षर बुझाएका हुन् । उनीहरुले यसअघि माइतीघर मण्डलामा भेला भएर निर्मला पन्तको न्यायको निम्ति आवाज उठाउन ऐक्यवद्दता जनाउन आह्वान गर्दैै हस्तक्षार अभियान संकलन गरेका थिए । पन्तलाई न्याय दिलाउन अन्तराष्ट्रिय समूदायलाई सहयोग गरिदिन आग्रह गर्दै सो हस्ताक्षर संयुक्त राष्ट्र संघमा बुझाएको विद्यार्थीहरुले बताएका छन् । ‘निर्मलाको निम्ति न्याय ...
कपिलवस्तुको बनबासामा ट्रिपरको ठक्करले एक बृद्धाको मृत्यु

कपिलवस्तुको बनबासामा ट्रिपरको ठक्करले एक बृद्धाको मृत्यु

अपराध, समाचार, समाज
कपिलवस्तु, पुस-८ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ बनबासामा ट्रिपरको ठक्करबाट एकजना वृद्ध महिलाको मृत्यु भएको छ । बनबासा जंगलमा बाटो काट्ने क्रममा लु१ख ५४९५ नम्बरको ट्रिपरले ठक्कर दिदा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए । लगभग ८५ वर्षीया महिलाको मृत्यु भएको भएपनि उनको पहिचान खुल्न भने सकेको छैन । ठक्कर दिने चालक र ट्रिपर प्रहरीको नियन्त्रणमा रहेका छन ।...
सिराहको गोलबजारमा नेपाली सेनाको बम डिस्पोजल टोलीद्वारा प्रेसरकुकर बम डिस्पोज

सिराहको गोलबजारमा नेपाली सेनाको बम डिस्पोजल टोलीद्वारा प्रेसरकुकर बम डिस्पोज

अपराध, समाचार, समाज
सिराह, पुष - ८ सिराह जिल्लाको गोलबजार नगरपालिका ४ स्थित नेपाल टेलिकमको टावर नजिकै आइतबार बिहान भेटिएको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । शक्तिशाली प्रेसरकुकर बम गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिणतर्फ बलकवा जाने बाटोमा भेटिएको थियो । चोहर्वास्थित नेपाली सेनाको श्री नयाँ गोरख गणबाट आएको बम डिस्पोजल टोलीले आइतबार बिहान ११ बजे प्रेसरकुकर बम डिस्पोज गरेको चोहर्वास्थित गणपति प्रमुख सेनानी गणेश भण्डारीले जनाए । एकाबिहानै मानव बस्तीदेखि लगभग ५० मिटर पश्चिम र टेलिकमको रिपिटर टावरदेखि करिब डेढ सय मिटर दक्षिणतर्फ बम भेटिएपछि स्थानीय बासिन्दा आतङ्कित बनेका थिए । बम पाईएको स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुई सय मिटरको दूरीमा घेरा हालेर आवत जावत सेमत बन्द गरी बम सुरक्षित ढङ्गले डिस्पोज गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले बताएक...