accident on chitawan

चितवन, पुस- १३ ।

आज बिहान ७ः३० बजे चितवनको भरतपुर महानगरपालिका– १० र १२ को सिमानामा पर्ने बाइपास रोडमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका–३ घर भई हाकिमचोकमा फर्निचरको काम गरी बस्ने १८ वर्षीय श्याम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

साइकलयात्री चौधरीलाई आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको ना७ख १३९४ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here