शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

अपराध

परपुरुषसित ज्यादा बोलचाल गरेको आशंकामा श्रीमतीको हत्या

परपुरुषसित ज्यादा बोलचाल गरेको आशंकामा श्रीमतीको हत्या

अपराध, समाचार, समाज
परासी, पुस २० । आफ्नी श्रीमतीको हत्या गरेको आरोपमा पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–४, लक्ष्मीनगरका सुनिल चौधरी छन् । प्रहरीकाअनुसार गएको पुस ४ गते सुनिलले आफ्नी श्रीमती २२ वर्षीया कमला चौधरीको हत्या गरेर जंगलमा फालेका थिए । हत्या गरेकै दिनदेखि सुनिलले श्रीमती हराएको भन्दै खोजीका लागि स्थानीय सन्चारमाध्यम र प्रहरीकहाँ निवदेन दिएका थिए । हत्या गरेर फालेको १४ दिनपछि पुस १८ गते बर्दघाट नगरपालिकाको चिसापानी जंगलमा शव फेलापरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । कमलाको शव पुस १८ गते राति नग्न अवस्थामा प्रहरीले फेलापारेको जनाइएको छ । घाँस–दाउरा खोज्न जानेक्रममा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यस्तो छ घटना प्रहरीकाअनुसार दाउरा खोज्न जाने बहाना...
उद्योग वाणिज्य संघका कर्मचारी माथि काठमाडौं मलमा कुटपिट, केशब सापकोटाको संलग्नता

उद्योग वाणिज्य संघका कर्मचारी माथि काठमाडौं मलमा कुटपिट, केशब सापकोटाको संलग्नता

अपराध, समाचार, समाज
काठमाडौं—पुस २० काठमाण्डौं मलमा उद्योग वाणिज्य संघ काठमाण्डौँका कर्मचारी माथि आक्रमण भएको छ । ब्यवसाय माथि भईरहेको दमन र समस्या विषयमा काठमाण्डौं मलका व्यापारीहरुले पहल गर्दिन अनुरोध गरेपछि शुक्रवार उद्योग वाणिज्य महासंघमा छलफलका लागि कार्यक्रम तय गरिएको थियो । सोहि कार्यक्रमको निमन्त्रणा दिन गएका उद्योग वाणिज्य संघ काठमाण्डौंका कर्मचारीलाई काठमाडौं मल कब्जा गरेर बेसेका गुन्डाहरुले आक्रमण गरेका हुन । मलका कार्मचारीका अनुसार मललाइ अनिर्णयको बन्दि बनाएर मल कब्जा गरेर बसेका नाईके केशब सापकोटाको ठाडो निर्देशनमा उद्योग वाणिज्य संघका कार्मचारी माथि आक्रमण भएको हो । सन्चयकोषले काठमाण्डौ मलका व्यापारीहरुलाई पुस देखि पैसाको कारोवार कोहि संग नगर्नु भन्ने सुचना गोर्खा पत्र मार्फत जारी गरीसके पनि पुस महिनाको भाडा राजु गोर्खाली लाई दिनु पर्छ भन्दै आफैले बनाएको समितिको खातामा पैसा हाल्न थर्काउदै...
चितवनमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृृद्ध पक्राउ

चितवनमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृृद्ध पक्राउ

अपराध, समाचार, समाज
चितवन, पुस २० । चितवन जिल्लाको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमामा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । पीडित किशोरीले दिएको जाहेरी अनुसार ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले जनाए । किशोरीले आफूलाई सञ्चो नभएको बेलामा झारफुक गरी निको पारिदिने आश्वासन दिदै तामाङले घरमा बोलाउने र जबर्जस्ती गर्नुको साथै एउटा जन्तरसमेत लगाउन दिएको र त्यो लगाएपछि आफू उसैप्रति आकर्षित हुँदै आएको भन्दै प्रहरी कार्यालयमा आएर जाहेरी दिएको प्रहरी नायब उपरीक्षक ज्ञवालीले बताए । पीडित किशोरीले बुधबार आफूलाई विभिन्न टुनामुना लगाएर पटक–पटक बलात्कार गरेको भन्दै उजुरी दिएपछि वृद्धलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।...
धादिङको गजुरीमा चार किलाे सुनसहित तीनजना पक्राउ

धादिङको गजुरीमा चार किलाे सुनसहित तीनजना पक्राउ

अपराध, समाचार, समाज
धादिङ—पुस २० । रसुवा हुँदै भारततर्फ लैजान लागेको ४ किलाे सुनसहित गजुरीबाट प्रहरीको प्रदेश ३ इकाइले तीनजनालाई पक्राउ गरेकाे छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक बुद्धिराम थारुसहितको टोलीले धादिङ प्रहरीको सहयोगमा विशेष सूचनाको आधारमा बिहीबार राति गजुरी–१ बजारस्थित सिद्धेश्वर महादेव मन्दिर नजिक मोटरसाइकलबाट उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले ४ किलो सुनसहित नुवाकोट–५ का २२ वर्षीय सुरेन्द्र तामाङ, २४ वर्षीय विकास तामाङ र रसुवाकाे उत्तरगया गाँउपालिका–२ का २७ वर्षीय सन्जित वाइबालाई पक्राउ गरेको हाे । उनीहरुलाई थप अनुसन्धानका लागि काठमाडौंस्थित राजश्व अनुसन्धान कार्यालय पठाइने प्रहरी प्रमुख डम्बरबहादुर विकले जनाएका छन ।...
धादिङको गजुरीमा २३५ किलो चरेससहित दुई भारतीय पक्राउ

धादिङको गजुरीमा २३५ किलो चरेससहित दुई भारतीय पक्राउ

अपराध, समाचार, समाज
धादिङ, पुस- १९ । बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले धादिङको गजुरीबजारनजिकैबाट बिहीबार बिहान २३५ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौंबाट भारततर्फ कन्टेनर ट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा सुराकीका आधारमा अवैध लागुऔषध चसेरसहित प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित एकानिघौली टीकापुरग्राम निवासी ३० वर्षीय सतेन्द्रसिंह बेघल र पटेवा, सुगौलीका ५० वर्षीय महमद गद्दी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गजुरी र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिआएका प्रहरीले सो लागुऔषध पक्राउ गरेका हुन् । एचआर ३ एसएस ९३७१ नम्बरको कन्टेनरमा लुकाइ–छिपाइ चरेस लोड गरेको सुराकी आएपछि ब्यूरोको टोलीले पिछा गर्दै गजुरीबजारनजिकै जिल्ला प्रहरी...
आफ्नै श्रीमानले माइत बसेकी श्रीमतीमाथि एसिड प्रहार गरे

आफ्नै श्रीमानले माइत बसेकी श्रीमतीमाथि एसिड प्रहार गरे

अपराध, समाचार, समाज
भरतपुर, पुस १९ । एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुधबार अपराह्न भरतपुर २४ ध्रवबजारस्थित माइतमा बसिरहेको अवस्थामा श्रीमती २० वर्षीय डोल्मालाई पोखरा बस्दै आएका वीरेनले गाडी रिजर्भ गरेर चार साथीसहित भरतपुरसम्म आएर एसिड प्रहार गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । पारिवारिक मनमुटावका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ । पोखराबाट ग१य ५४३ नम्बरको गाडी रिजर्भ गरेर साथीसहित वीरेन भरतपुर आएका थिए । घटनामा संलग्न रहेको आरोपमा पोखरा महानगर–१० बस्ने वर्ष ३९ का हे...
कैलालीमा गैंडाको खागसहित एक तस्कर पक्राउ

कैलालीमा गैंडाको खागसहित एक तस्कर पक्राउ

अपराध, समाचार, समाज
काठमाडौं, पुस-१९ । जिल्ला प्रहरी कार्यालय कैलालीले गैंडाको खाग तस्करी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–५ जाइका बस्दै आएका ५१ वर्षीय चक्र भण्डारीलाई गैंडाको खागसहित प्रहरीले पक्राउ गरेको हो । भण्डारी बाजुराको बुढीगङ्गा नगरपालिका वडा नम्बर ३ का स्थायीवासी रहेको प्रहरीले जनाएको छ । भण्डारीले कारोबार गर्ने उद्देश्यका साथ गैंडाको खाग राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जनाए । भण्डारीले भारतबाट गैंडाको खाग ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेकोे छ । खागसहित पक्राउ परेका भण्डारीलाई थपआनुसन्धानको लागि डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको छ । दुर्लभ वन्यजन्तु अङ्गको अवैध ओसारपसारमा संलग्न व्यक्तिलाई पाँच लाखदेखि १० लाख रुपियाँसम्म जरिवाना हुने वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने वा दुवै सजाय हुने कानुनी...
५७ करोड बैंकिङ ठगीका आरोपी ४ लाख धरौटी धरौटीमा छुटे

५७ करोड बैंकिङ ठगीका आरोपी ४ लाख धरौटी धरौटीमा छुटे

अपराध, समाचार
काठमाडौं, पुस-१८ । तत्कालीन किस्ट बैंकका कर्मचारी तथा ऋणीहरुलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्ने आदेश दिएको छ । ५७ करोड बैंकिङ ठगीका आरोपी ४ लाख धरौटीमा रिहा भएका छन् । यसअघि नेपाल प्रहरीको केन्दीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकका तत्कालीन कर्मचारी बालनरसिंह घर्ती र प्रगुन श्रेष्ठ तथा ऋणीहरु कुलप्रसाद पोखरेल, प्रमोदकुमार देव र अजयकुमार देवलाई पक्राउ गरी ठगीको आरोपमा मुद्दा दायर गरेको थियो ।...
भ्रष्टाचार आरोपमा चाबहिल मालपोत कार्यालयका कार्यालय सहयोगी बस्नेतविरुद्ध मुद्दा दायर

भ्रष्टाचार आरोपमा चाबहिल मालपोत कार्यालयका कार्यालय सहयोगी बस्नेतविरुद्ध मुद्दा दायर

अपराध, समाचार, समाज
काठमाडौं, पुस- १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय चाबहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगकाअनुसार जग्गा दाखिला खारेज गर्दा नियमानुसार लाग्ने दस्तुर सनिश मिश्रको नाममा काटेको तर राजश्व खातामा भने जम्मा नगरी रु पाँच लाख ६८ हजार २०८ बराबरको भ्रष्टाचार गरेको पाइएको छ । एकै आर्थिक वर्षमा एउटै नम्बरको फरक–फरक रसिद भेटिएको छ । बस्नेतले काटेको रसिद नम्बर २१९७४ वि.सं. २०७३ असार २६ र वि.सं. २०७२ फागुन १६ गतेको रसिद एउटै देखिएको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ । एउटै रसिद काटी राजश्वमा दाखिला गर्नुपर्ने रकमसमेत उपलब्ध नगराएकाले बिगो असुल गरी कारबाहीको माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । रासस...
वेभ सर्बरका संचालक सुरेन्द्र क्षेत्री विरुद्ध ३२ करोड ठगीको मुद्दा दायर हुने

वेभ सर्बरका संचालक सुरेन्द्र क्षेत्री विरुद्ध ३२ करोड ठगीको मुद्दा दायर हुने

अपराध, समाचार, समाज
काठमाडौं, पुस- १५। नेपालमा विदेशी लगानी भित्र्याएर लगानीकर्तालाई ठगी गरेको अभियोगमा पक्राउ परेका वेभ सर्वरका संचालकमाथि ३२ करोड मागदाबी सहित मुद्दा चल्ने भएको छ। काठमाडौं प्रहरी परिसरले अभियुक्त सुरेन्द्र क्षेत्री विरुद्ध ३२ करोडको मागदाबीसहित मुद्दा चलाउने तयारी गरिरहेको जनाएको छ। क्षेत्री ठगी गरेको अभियोगमा पक्राउ परे पनि उनका दाजुहरु सुमन क्षेत्री र शैलेन्द्र क्षेत्री फरार अझैसम्म फरार छन्। वेलायतका दिनेश विमलनाथनसँग नेपालको इन्टरनेट र आइटीमा लगानी गर्ने भन्दै १७ वर्ष अघि क्षेत्री दाजुभाइले साढे २ करोड रकम नेपाल भित्र्याएका थिए। क्षेत्री दाजुभाइले विमलनाथनलाई सेयरको नक्कली प्रमाणपत्र समेत दिएका थिए। उनीहरुले विमलनाथनसंगै मलेसियन नागरिक शशिधरणको ६ करोड रकम समेत नेपाल भित्र्याएका थिए। मलेसियन नागरिक समेत आफू ठगिए थाह पाएपछि प्रहरीमा पुगेका थिए। क्षेत्री दाजुभाइको मुद्दा उच...