4 kilo sun sahit dhadingma tina jana pakrau

धादिङ—पुस २० ।

रसुवा हुँदै भारततर्फ लैजान लागेको ४ किलाे सुनसहित गजुरीबाट प्रहरीको प्रदेश ३ इकाइले तीनजनालाई पक्राउ गरेकाे छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक बुद्धिराम थारुसहितको टोलीले धादिङ प्रहरीको सहयोगमा विशेष सूचनाको आधारमा बिहीबार राति गजुरी–१ बजारस्थित सिद्धेश्वर महादेव मन्दिर नजिक मोटरसाइकलबाट उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले ४ किलो सुनसहित नुवाकोट–५ का २२ वर्षीय सुरेन्द्र तामाङ, २४ वर्षीय विकास तामाङ र रसुवाकाे उत्तरगया गाँउपालिका–२ का २७ वर्षीय सन्जित वाइबालाई पक्राउ गरेको हाे ।

उनीहरुलाई थप अनुसन्धानका लागि काठमाडौंस्थित राजश्व अनुसन्धान कार्यालय पठाइने प्रहरी प्रमुख डम्बरबहादुर विकले जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here