काठमाडौं, पुस-१८ ।
तत्कालीन किस्ट बैंकका कर्मचारी तथा ऋणीहरुलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्ने आदेश दिएको छ ।
५७ करोड बैंकिङ ठगीका आरोपी ४ लाख धरौटीमा रिहा भएका छन् ।
यसअघि नेपाल प्रहरीको केन्दीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकका तत्कालीन कर्मचारी बालनरसिंह घर्ती र प्रगुन श्रेष्ठ तथा ऋणीहरु कुलप्रसाद पोखरेल, प्रमोदकुमार देव र अजयकुमार देवलाई पक्राउ गरी ठगीको आरोपमा मुद्दा दायर गरेको थियो ।