आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

इपीएल लिगमा ललितपुरको पहिलो जित, चितवन राइनोज ११ रनले पराजित

इपीएल लिगमा ललितपुरको पहिलो जित, चितवन राइनोज ११ रनले पराजित

खेलकुद, समाचार
काठमाडौं, मंसिर २३ । शनिबारदेखि राजधानीमा सुरु भएको तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत आइतबार भएको खेलमा ललितपुर प्याट्रीयट्सले आफ्नो पहिलो जित निकालेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई ११ रनले पराजित गरेकाे छ । टियू क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले दिएको १४४ रनको चुनौती पछ्याउँने क्रममा चितवन निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३२ रनमा सिमित रह्यो । चितवनका लागि दिपेन्द्र सिंह ऐरीले ४१ रन जोडे भने कप्तान पृथु बास्कोटाले २६ तथा भिम सार्कीले २१ रन जोडेका थिए । उता ललितपुरका लागि भने सन्दीप लामिछानेले ३ तथा सन्नी पटेलले २ विकेट लिए । टस जितेर पहिले ब्याटिङमा उत्रेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४३ रन जोडेको थियो । ललितपुरका लागि सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गर्दै ८ बलमा...
“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” को उपाधी मनिशा लिम्बू र प्रज्वल दाहालले जिते

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” को उपाधी मनिशा लिम्बू र प्रज्वल दाहालले जिते

मनोरन्जन, समाचार
काठमाडौं, मंसिर २३ । थ्री डि ईभेन्ट एण्ड मिडिया हाउस प्रालिको प्रस्तुतीमा आयोजना गरिएको “पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल दाहालले जित्न सफल भएका छन । दमकको कन्काई पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा बिजेताले आयोजकको तर्फबाट उपाधी सहित आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन । रोशन लाम्गाडे र राजकुमार राई क्रमशः प्रतियोगिताको फर्स्ट र सेकेण्ड रनरअप भए । रमेश भट्टराई र चन्दा खड्काले सन्चालन गरेको उक्त कार्यक्रममा कोरियोग्राफर दिवश भट्टराई र सजिना श्रेष्ठको एक महिनाभन्दा बढिको प्रशिक्षण पश्चात प्रतिस्पर्धीहरुलाई स्टेजमा उतारिएको थियो । कार्यक्रममा प्रतिस्पर्धीहरुको ड्रेस डिजाईन भने पेजेन्ट नेपालबाट फेसन डिजाईनर ममथा बस्नेतले गरेकि थिईन । कार्यक्रमको प्रमुख निर्णायकमा मिडिया पर्सन/कलाकार राज ...

५ वर्षीया बालिका बलात्कारको आरोपमा १८ वर्षीय युवक पक्राउ

अपराध, समाचार
बुटवल, मंसिर २३ । रुपन्देहीको देवदहमा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा एकजना युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रुपन्देही्को देवदह नगरपालिका–७ का १८ वर्षीय जीवन खत्री रहेका छन् । शुक्रबार राति खेलिरहेकी बालिकालाई ललाइ–फकाइ घरबाट केही परसम्म लगेर बलात्कार गरेको पीडित परिवारले जनाएका छन । पीडित बालिकाको भने लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले बताएको छ । पक्राउ परेका खत्रीले अपराध स्वीकार गरेको र बालिकाले पनि उनको पहिचान गरेको प्रहरीले दाबी गरेको छ ।...
मोडल सङ्स नेपालको आयोजनामा “सुपर प्लस साईज मोडल नेपाल,२०१९”को पहिलो अडिसन सम्पन्न दोश्रो अडिसन पुस-७ मा हुने

मोडल सङ्स नेपालको आयोजनामा “सुपर प्लस साईज मोडल नेपाल,२०१९”को पहिलो अडिसन सम्पन्न दोश्रो अडिसन पुस-७ मा हुने

मनोरन्जन, समाचार
काठमाडौं, मंसिर २३ । राजधानीको वानेश्वरस्थित रोयल एलिनाज बेकरीमा 'सुपर प्लस साईज मोडल नेपाल,२०१९ सिजन-२' को पहिलो अडिसन शनिवार सम्पन्न भएको छ । ओमानियाको प्रस्तुतीमा शारीरिक वजन बढी भएका महिलाहरुको लागि मोडल सङस नेपालले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिताको दोस्रो अडिसन यहि पुस ७ गते हुने जनाइएको छ। पहिलो चरणको अडिसनमा छुटेकाहरुले  दोस्रो अडिसनमार्फत सहभागी हुन पाउने छन । पहिलो चरणको अडिसन मार्फत १५ जना प्रतिस्पर्धी चयन भएको आयोजक प्रियंका बोथ्राले जानकारी दिइन। यस सौन्दर्य प्रतियोगितामा प्लस साइज (मोटोपन) भएर निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता अभिवृद्दि गरी समाजमा सकारात्मक संदेश फैलाउने ...
मध्यराती अचानक भोक लाग्दा के खाने?

मध्यराती अचानक भोक लाग्दा के खाने?

समाचार, स्वास्थ्य
काठमाडौं, मंसिर २३ । तपाईलऐ कहिलेकाहीँ घरमै बसिबसि अफिसको काम पनि गर्नुपर्ने हुन्छ । यसका लागि प्रायः सबैलाई रातको समय नै फुर्सदिलो हुने देखिन्छ  । त्यसैले त काम गर्दै गर्दा रातको समयमा अचानक भोक पनि लाग्न सक्छ । यस्तो वेला भोक मेटाउन तपाईंले चकलेट वा स्न्याक्सको सहारा लिइरहनुभएको त छैन ? छ भने गलत गर्नुभएको छ । किनकि, एक अनुसन्धानबाट रातको समय अत्यधिक सुगर र क्यालोरीयुक्त स्न्याक्स प्रयोग गर्दा स्वास्थ्यमा खराब असर पर्न सक्ने कुरा बाहिरिएको छ । त्यसैले स्वास्थ्यका लागि यस्तो समयमा फलफूल प्रयोग गर्नुपर्ने उनिहरुले जनाएका छन यो निकै लाभदायक हुन्छ । तपाईंले डिनर गरेको केही समयपछि हरेक दिन फलफूल प्रयोग गर्दा अझ राम्रो हुने उनिहरुको दावी छ । हामीले सुत्नुअघि फलफूल खाँदा आवश्यक पोषक तत्व प्राप्त गर्न सकिन्छ । फलफूलबाट भिटामिन, मिनरल्स, फाइटोकेमिकल र फाइबरको आवश्यक मात्रा शरीरलाई प्राप्त ग...
इपीएलको सुरुवाती खेलमा पारसको विराटनगरले ज्ञानेन्द्रको ललितपुरलाई ३ विकेटले हरायो

इपीएलको सुरुवाती खेलमा पारसको विराटनगरले ज्ञानेन्द्रको ललितपुरलाई ३ विकेटले हरायो

खेलकुद, समाचार
काठमाडौं, मंसिर २३ । शनिबारबाट सुरु भएको एभरेस्ट प्रिमियर लिगको पहिलो खेलमा विराटनगर वारियर्सले विजयी सुरुवात गरेको छ ।निकै नै रो्मान्चक भएको खेलमा विराटनगर वारियर्स ३ विकेटले विजयी भएको छ । ललितपुर प्याट्रियट्सले दिएकाे एक सय ५ रनको सामान्य लक्ष्य विराटनगरले १९.५ ओभरमा ७ विकेटकाे क्षतिमा प्राप्त गरेकाे हाे । लक्ष्य पछ्याउने क्रममा विराटनगरका लागि करण केसीले नटआउट रहदै ३६ रनकाे याेगदान गरे। विराटनगरका लागि अनिल शाहले ११ रन, आशिफ शेखले १९ रनको योगदान गरे । ललितपुरका लागि बलिङतर्फ भने गौरव टोमारले सर्वाधिक ३ विकेट लिए । यस्तै सन्दिप लामिछानेले २ विकेटलिदा ललित राजवंशीले १ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको ललितपुरले पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय ४ रन जोड्न सफल भएको थियाे । ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४९ रनकाे याेगदान गरे । अन्य ब्याट्सम्यान जयकिशन कोल...
‘स्‍मृतिमा कमला न्यौपाने’ कृति लोकार्पण

‘स्‍मृतिमा कमला न्यौपाने’ कृति लोकार्पण

समाचार, समाज
ललितपुर,  मङ्सिर- शनिबार गोर्खा सर्जक समाजद्वारा प्रकाशित ‘स्‍मृतिमा कमला न्यौपाने’ कृतिको लोकार्पण गरिएको छ । स्वर्गिय कमला न्यौपानेको वार्षिक पुण्य तिथीको दोस्रो दिन झम्शीखेल स्थित न्यौपाने निवासमा आयोजित एक कार्यक्रम माझ उक्त कृतिको लोकार्पण स्व. कमलाका श्रीमान साहित्यकार तुलसीप्रसाद न्यौपाने, साबित्री थापा र सुस्मिता अधिकारीले संयुक्त रुपमा गरे । पुस्तक लोकार्पण पस्चात कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार तुलसीप्रसाद न्यौपानेले पत्नी बियोगको पिडालाई शब्दमा उतार्न जति कठिन भयो-त्यो भन्दा अझ बढता रिक्तताको पिडा जीवन भोगाइमा आफूले महशूस गरेको बताए । कार्यक्रममा गोर्खा सर्जक समाजका तर्फबाट बोल्दै प्राध्यापक डा. सिताराम अधिकारीले स्‍मृतिमा कमला न्यौपाने कृति पारिवारिक स्नेहको स्‍मृति पुण्ज रहेको अौल्याउदै उक्त कृतिले नेपाली वाङमय क्षेत्रमा नयाँ आयाम ल्याउन सक्ने पनि बताए । कार्यक्...
मेक्सिकोकी भेनिसाले पहिरिन ‘मिस वर्ल्ड’ को ताज नेपाली सुन्दरी शृङ्खला शीर्ष १२ मा सिमित

मेक्सिकोकी भेनिसाले पहिरिन ‘मिस वर्ल्ड’ को ताज नेपाली सुन्दरी शृङ्खला शीर्ष १२ मा सिमित

मनोरन्जन, समाचार
काठमाडौं, मंसिर २२ । यो वर्षको ‘मिस वर्ल्ड’को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले हात पार्न सफल भएकि छिन । कुल ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीया भेनेसाले विश्व सुन्दरीको ताज पहिरिन सफल भएकी हुन् । उनलाई अघिल्लो संस्करणको भारतिय विश्व सुन्दरी मानुषी छिल्लरले ताज पहिर्‍याइदिइन् । ‘फस्ट रनरअप’को उपाधि भने मिस थाइल्यान्ड निकोलिन लिम्स्नुकानले जितेकी छिन् । त्यसैगरी जमैकाकी कादिजा रोबिनसनले ‘सेकेन्ड रनरअप’ को ताज पहिरिन सफल भइन् । नेपाली सुन्दरी शृङ्खला शीर्ष १२ मा सिमितः मिस नेपाल शृङ्खला खतिवडा प्रतियोगिताको शीर्ष १२ मा पुग्न सफल भइन् । चीनको सान्या सहरमा शनिबार सम्पन्न ६८औं मिस वर्ल्ड प्रतियोगितामा २३ वर्षीया शृङ्खला १२औं स्थानमा पर्न सफल भईन् । टप १२ मा परेसँगै शृङ्खलाले नेपालीले गरेको समर्थनप्रति धन्यवाद दिन भुलिनन् । श्रृङ्खला एसिया एण्ड ओसियाना...
यासिरले राखे सर्वाधिक छिटो २ सय विकेटको किर्तिमानी

यासिरले राखे सर्वाधिक छिटो २ सय विकेटको किर्तिमानी

खेलकुद, समाचार
काठमाडौं, मंसिर- २१ । पाकिस्तानका भरपर्दा लेग स्पिनर वलर यासिर साहले टेस्ट क्रिकेट इतिहासमै सर्वाधिक छिटो २ सय विकेट लिने बलरको किर्तिमानी कायम गरेका छन । यासरले आजभन्दा ८६ वर्ष पुरानो रेकर्ड तोडेका हुन् । सन् १९३६ मा अस्ट्रेलियाका लेग स्पिनर कारिए ग्रिमेन्टले ३६ टेस्टमा २ सय विकेट लिएर रेकर्ड कायम गरेका थिए । यासिरले भने ३३ टेस्ट खेलबाट २ सय विकेटको सफलता हासिल गरेका छन् । यासिरले यसअघि नै ५० तथा १०० विकेटमा पनि विश्वरेकर्ड कायम गरेका छन् । उनले ९ टेस्टबाट ५० विकेट लिदै रेकर्ड राख्दै गर्दा १७ टेस्ट खेलेर सय विकेटको अर्को रेकर्ड समेत राख्न सफल भएका थिए । तेस्रो तथा अन्तिम टेस्टमा यासिरको उत्कृष्ट प्रदर्शन देखिए पनि न्युजिल्यान्डले पाकिस्तानविरुद्ध १ सय ९८ रनको अग्रता लि्न सफल रह्यो ।...
सानोतिनो चोरीमा पहिले पनि पक्राउ परेको हो, तर त्यत्रो अपराध भने गरेको छैन – निर्मला प्रकरणका अभियुक्त विशाल चौधरीकी आमा

सानोतिनो चोरीमा पहिले पनि पक्राउ परेको हो, तर त्यत्रो अपराध भने गरेको छैन – निर्मला प्रकरणका अभियुक्त विशाल चौधरीकी आमा

अपराध, समाचार, समाज
काठमाडौं, मंसिर- २१ । कुखुरा चोरेको आरोपमा साउन ९ गते पुलिसले लगेको थियो, १० गते म जमानी बसेर छुटाएर ल्याएकी हुँ, त्यही दिन निर्मला हत्याको घटना घटेछ, मेरो छोरो घरमै थियो चार–पाँच दिनअघिको कुरा हो । बिहान राम्ररी घाम पनि झुल्केको थिएन  । मेरो छोरो (विशाल) त उठेको पनि थिएन, पुलिसले ओछ्यानबाटै उठाएर लगे । दिनभर केरकार गरेर बेलुका मात्र छाडिदिए । अर्को दिन फेरि पक्रेर लगेछन , फेरी दिनभरी नै केरकार गरेर छाडिदिए । यसरी छोरो (विशाल) लाई कहिले घरबाट, कहिले पसलबाट त कहिले बाटोबाटै समातेर लग्ने र छोड्ने गरिरहेका थिए । हामी त ज्यालादारीमा काम गर्ने मान्छे, हिजो (बुधबार) दिनभर काम गरेर साँझ फर्किएका मात्र के थियौँ, छोरालाई फेरि समातेको खबर पायौ, बाटोबाटै पक्रेर पुलिसले लग्यो भन्दै उसका साथीहरूले सुनाए । छुटाउन भनेर गयौँ । तर, उसलाई भित्र राखिएको रहेछ , तपाईंहरू गेटबाहिर बस्नोस् भनेर हामीलाई...