सोम, असार ३१, २०८१
Mon, July 15, 2024
Shadow

यासिरले राखे सर्वाधिक छिटो २ सय विकेटको किर्तिमानी

काठमाडौं, मंसिर- २१ ।
पाकिस्तानका भरपर्दा लेग स्पिनर वलर यासिर साहले टेस्ट क्रिकेट इतिहासमै सर्वाधिक छिटो २ सय विकेट लिने बलरको किर्तिमानी कायम गरेका छन । यासरले आजभन्दा ८६ वर्ष पुरानो रेकर्ड तोडेका हुन् ।

सन् १९३६ मा अस्ट्रेलियाका लेग स्पिनर कारिए ग्रिमेन्टले ३६ टेस्टमा २ सय विकेट लिएर रेकर्ड कायम गरेका थिए । यासिरले भने ३३ टेस्ट खेलबाट २ सय विकेटको सफलता हासिल गरेका छन् । यासिरले यसअघि नै ५० तथा १०० विकेटमा पनि विश्वरेकर्ड कायम गरेका छन् ।

उनले ९ टेस्टबाट ५० विकेट लिदै रेकर्ड राख्दै गर्दा १७ टेस्ट खेलेर सय विकेटको अर्को रेकर्ड समेत राख्न सफल भएका थिए । तेस्रो तथा अन्तिम टेस्टमा यासिरको उत्कृष्ट प्रदर्शन देखिए पनि न्युजिल्यान्डले पाकिस्तानविरुद्ध १ सय ९८ रनको अग्रता लि्न सफल रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *