miss world

काठमाडौं, मंसिर २२ ।
यो वर्षको ‘मिस वर्ल्ड’को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले हात पार्न सफल भएकि छिन ।

कुल ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीया भेनेसाले विश्व सुन्दरीको ताज पहिरिन सफल भएकी हुन् ।

उनलाई अघिल्लो संस्करणको भारतिय विश्व सुन्दरी मानुषी छिल्लरले ताज पहिर्‍याइदिइन् ।

‘फस्ट रनरअप’को उपाधि भने मिस थाइल्यान्ड निकोलिन लिम्स्नुकानले जितेकी छिन् । त्यसैगरी जमैकाकी कादिजा रोबिनसनले ‘सेकेन्ड रनरअप’ को ताज पहिरिन सफल भइन् ।

नेपाली सुन्दरी शृङ्खला शीर्ष १२ मा सिमितः

miss world top 12 finalist miss shrinkhala khatiwada

मिस नेपाल शृङ्खला खतिवडा प्रतियोगिताको शीर्ष १२ मा पुग्न सफल भइन् । चीनको सान्या सहरमा शनिबार सम्पन्न ६८औं मिस वर्ल्ड प्रतियोगितामा २३ वर्षीया शृङ्खला १२औं स्थानमा पर्न सफल भईन् ।

टप १२ मा परेसँगै शृङ्खलाले नेपालीले गरेको समर्थनप्रति धन्यवाद दिन भुलिनन् । श्रृङ्खला एसिया एण्ड ओसियाना समुहबाट टप १२ मा परेकी थिइन् ।

एसिया एण्ड ओसियाना समुहबाट थाइल्याण्डकी निकोलनी मिस एसिया बन्दै टप ५ मा छनौट भएकि थिईन् ।
यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसियाको ताज पहिरिन सफल रहिन ।

प्रतियोगितामा शृङ्खलाले दुई विधागत अवार्ड जितिन् । उनले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ अवार्ड जितेकि हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here