आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

कोपा डेल रेको प्रिक्वाटरफाइनलमा रियाल मड्रिडको स्थान सुरक्षित

कोपा डेल रेको प्रिक्वाटरफाइनलमा रियाल मड्रिडको स्थान सुरक्षित

खेलकुद, समाचार
काठमाडौं, मंसिर- २१ । रियाल मड्रिडले दोस्रो डिभिजनको मिलिला फुटबल क्लबलाई पाखा लगाउँदै स्पेनिस किङ्स कप अर्थात कोपा डेल रे को प्रिक्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । गएराति भएको दोस्रो लिगको खेलमा ६–१ को फराकिलो नतिजा निकाल्दै रियाल मड्रिडले अन्तिम १६ मा आफ्नोन स्थान सुरक्षित गरेको हो । यसअघि भएको पहिलो लिगमा ४–० को स्पष्ट जित निकालेको रियाल मड्रिडले समग्रमा १०–१ गोल अन्तरको फराकिलो जित हात पारेको हो । गएराति भएको एकतर्फी खेलमा रियालका लागि मार्को एसेन्सियो र इस्कोले २–२ गोल गर्दा हाभियर सान्चेज र भिनिसियस जुनियरले एक एक गोल थपे । कोपा डेल रे फुटबल प्रतियोगिताका अन्य खेलमा विजयी हुँदै स्पोर्टिङ गियोन, लेभान्ते, एथ्लेटिक बिल्बाओ र रियाल बेटिस पनि प्रि क्वाटरफाईनलमा प्रवेश गरिसकेका छन् ।...
आतंकवादी समूह तालिवानीको चेतावनीपछि ‘लिटिल मेसी’को परिवार देश छाड्न विवश

आतंकवादी समूह तालिवानीको चेतावनीपछि ‘लिटिल मेसी’को परिवार देश छाड्न विवश

खेलकुद, समाचार
काठमाडौं, मंसिर- २१ । आतंकवादी समूह तालिवानीको चेतावनीपछि अफगानिस्तानमा ‘लिटिल मेसी’को नामले परिचित मुर्जता अहमेदीको परिवारले आफ्नो देश छाडेको छन । तालिवानले अफगानिस्तानको राजधानी काबुलको एक सानो ठाँउमा बसिरहेका लिटिल मेसी भनेर चर्चा कमाएका मुर्तजा अहमेदीको परिवारलाई मार्ने धम्की दिएपछि उनिहरु देश छोड्न विवश भएका हुन । सन् २०१६ मा मेसीको नाम र नम्बर लेखिएको प्लास्टिकको जर्सी लगाएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी धेरै नै चर्चामा आएका थिए । ७ वर्षका मुर्तजाको परिवारले तालिवानको धम्कीका कारण आफूहरु गाउँमा सुरक्षित रहन नसकेको जनाएका छन् । जसका कारण उनीहरु त्यो ठाँउमा नै प्रतिबन्धित हुनसक्ने अवस्था आएको जनाए । सन् २०१६ मा उनीहरु पाकिस्तानमा केही समय सम्म शरणार्थीका रुपमा बसेका थिए, तर आर्थिक अभाव भएपछि उनीहरु फेरि स्वदेश फर्किएका थिए । आफ्नो ड्रिम हिरोको रुपमा लिने मेस्सि...
हाइप्रोफाइल हत्याको योजनामा संलग्न माया शेरचन पाँचलाख धरौटीमा रिहा

हाइप्रोफाइल हत्याको योजनामा संलग्न माया शेरचन पाँचलाख धरौटीमा रिहा

अपराध, समाचार, समाज
काठमाडौं, मंसिर- २१ । गुण्डा नाईके समिरमान सिंह बस्नेत पत्नि माया शेरचन धरौटीमा रिहा भएकि छिन् । बिहीबार जिल्ला अदालत काठमाडौंको आदेशले उनी पाँच लाख धरौटीमा रिहा भएकिन महानगरीय अपराध महाशाखाका स्रोतले जनाएको छ । काठमाडौं गौरिघाटको दिव्यश्वरी पार्टी प्यालेसमा दावा लामामाथि भएको गोली प्रहार र रुपन्देहीका दुर्गा तिवारी हत्यामा संलग्न रहि मायाले हतियार व्यवस्थापन गरेको अभियोगमा महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिएर मुद्दा अघि बधाएको थियो । निर्माण व्यवसायी संघका तत्कालिन अध्यक्ष शरदकुमार गौचन हत्याकाण्डमा संलग्न समिरमान बस्नेत समूहका सुटर अमर राना, लोप्साङ लामा र रोशन बुढाथोकीले बयानको क्रममा मायाको नाम खोलेपछि प्रहरीले उनलाई अनुसन्धानको दायरामा ल्याएको थियो । मायाकै सहयोगमा राजधानीमा हाइप्रोफाइल हत्याको योजना बनाइरहेका बेला गौचन हत्या योजनामा संलग्न रहेको आरोपमा लोप्साङ, र...
प्रदेश नं. २ को राजधानी र नामांकण सम्बन्धित सुझाव संकलन सुरु हुँदै

प्रदेश नं. २ को राजधानी र नामांकण सम्बन्धित सुझाव संकलन सुरु हुँदै

राजनीति, समाचार
संवाद तथा सुझाव आयोगले वीरगंजमा प्रदेश नं. २ को प्रदेश राजधानी र प्रदेशको नामांकन सम्बन्धित सुझाव संकलन कार्यको थालनी गर्दै एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा अधिकांश राजनीतिक दलका प्रतिनिधिहरुले जनकपुर धार्मिकस्थल भए पनि आर्थिक दृष्टिकोण समृद्ध, अन्तर्राष्ट्रियस्तरका मापदण्ड, मधेश आन्दोलनको उद्गमस्थल धार्मिक, ऐतिहासिक तथा आर्थिक रुपमा सबल भएकाले प्रदेश २ को स्थायी राजधानी वीरगंज नै हुनुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा विभिन्न व्याक्तिले प्रदेश २ को नाम-जानकी प्रदेश, मध्य मधेश प्रदेश, भोजपुरा मधेश, मधेश प्रदेश, मध्यमाञ्चल प्रदेशमध्येबाट एक हुनुपर्ने सुझाव दिएका थिए । संवाद तथा सुझाव आयोगका संयोजक झाको सभापतित्वमा भएको सुझाव संकलन कार्यक्रममा प्रदेश नं. २ का आन्तरिक मामिला तथा उद्योग राज्यमन्त्री उषा यादव, सांसद प्रदीप यादव, प्रदेश सांसद मञ्जुर अन्सारी, श्याम पटेल, सांसद ...
न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्दै निर्मलाको पोस्टर टाँसियो

न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्दै निर्मलाको पोस्टर टाँसियो

अपराध, समाचार, समाज
कैलाली, मंसिर २० । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका "निर्मलाको निम्ति न्याय" को माग राख्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरिएको छ । बिहीबार धनगढीस्थित मुख्यमन्त्री कार्यालयको पर्खालमा बालिका निर्मलाको तस्वीर अंकित ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर टाँस्न खोजिएको थियो । तर, प्रहरीले रोक लगाएपछि सरकार विरुद्ध नाराबाजी समेत गरिएको थियो । काठमाडौंबाट सुरु गरिएको पोस्टर अभियान धनगढीमा पनि सुरु गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिएको हो ।नागरिक समाज धनगढीको अगुवाइमा आयोजित कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालकी नेत्री हिसिला यमीले पनि सहभागिता जनाएकि थिईन । नेत्री यमीले घटना घटेको धेरै दिन बितिसक्दा पनि न्याय नपाउँदा राज्यमा सरकार भएको अनुभूति नै हराउन थालेको बताइन् । सरकारले पीडितलाई न्याय दिनुको साटो विभिन...
छुट्टै परिचय बनाउदै मोडल आशा

छुट्टै परिचय बनाउदै मोडल आशा

मनोरन्जन, समाचार
काठमाडौं,मंसिर,२०- नेपाली कलाकारिता र मोडलिङमा आफ्नो छुट्टै परिचय बनाउने उदेश्यका साथ नेपाली कलाकारिता तथा मोडलिङमा प्रवेश गरेकी मोडल तथा कलाकार हुन आशा श्रेष्ठ । मोडलिङको साथ साथै एक सफल बिजनेश वुमनको रुपमा स्थापित भए पनि सानै उमेर देखि नृत्य तथा मोडलिङमा रुचि भएर यो क्षेत्रमा सौखको रुपमा आएकी आशा बिभिन्न रियालिटि शो र सौन्दर्य प्रतियोगिताहरुमा प्रतिस्पर्धिको रुपमा रहदै दर्जनौ उपाधी हातपार्न सफल भै सकेकि छिन । “प्रतिभाको आँगन”, “को भन्दा को कम” जस्ता नृत्य रियालिटि शोहरु मार्फत आफ्नो प्रतिभा निखार्दै आएकिन आशा मिस टीन,२००३ की बिजेता समेत हुन। गङ्गा, मेरी प्यारी बहिनीजस्ता थुप्रै चलचित्रहरुमा समेत नृत्य तथा अभिनय गरिसकेकि आशा पछिल्लो समय बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा आफ्नो प्रतिभा प्रस्तुतीमै ब्यस्त रहेकी छिन। राजधानि तथा राजधानि बाहिर मोफसलमा हुने बिभिन्न सौन्दर्य ...
अनुष्काले दिईन आफु गर्भवती नभएको प्रस्टीकरण

अनुष्काले दिईन आफु गर्भवती नभएको प्रस्टीकरण

मनोरन्जन, समाचार
काठमाडौं,मंसिर-२०। वलिवुडमा अनुष्का शर्मा आएको १० वर्ष पुग्न लागेको छ । सन् २००८ मा रिलिज भएको चलचित्र ‘रब ने बना दी जोडी’ बाट अनुष्काले बलिउडको दुनियाँमा पाइला राखेकी थिइन् । अनुष्का अहिले भने उनको आफ्नो आउँदै गरेको फिल्म ‘जिरो’ को प्रमोसनमा ब्यस्त छिन् । केही समय पहिले अनुष्का गर्भवती भएको खबर बाहिर फिल्मि बजारमा आएको थियो । आफ्नो निजी जीवनबारे खासै नखुल्ने शर्मा यसपटक भने खुलेर प्रस्तुत भएकि छिन् । भर्खरै मात्र अनुष्का फिल्मको प्रमोसनका लागि आफ्नो टिमसँग देखा परेकी थिइन् । एक कार्यक्रमका दौरान उनले आफू गर्भवती नभएको बारे समेत खुलाएकी हुन् । उनले भनिन, ‘मलाई थाहा छैन कि यस्ता खबर कहाँबाट आउँछन् । यो बेकारको कुरा हो । तपाईं बिहे लुकाउन सक्नुहुन्छ, तर गर्भवती भएको सक्नुहुन्न ।’ उनले अझै थपिन्, ‘यस्ता समाचारको निकैपटक अभिनेत्रीले सामना गर्नुपर्छ । तर, मेरा लागि अफवाहले कुनै अर्थ रा...
पशुपति परिसरमा निर्मलाको सम्झनामा छरियो शतबीज

पशुपति परिसरमा निर्मलाको सम्झनामा छरियो शतबीज

अपराध, समाचार, समाज
काठमाडौं,मंसिर-२०। निर्मला हत्या प्रकरणमा नया रहस्य बाहिरियो, सामूहिक बलात्कार भएको आशंका आज पशुपति क्षेत्रमा ‘निर्मलाका निम्ती न्याय’ अभियानका अभियान्ताहरुले निर्मलाको नाममा शतबीज छरेका छन् । मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात बाला चतुर्दशीको दिन आज बिहान उनीहरुले निर्मलाको सम्झनामा पशुपति परिसरमा शतबीज छरेका हुन् । निर्मलाको सम्झनामा निधारमा ‘म पनि निर्मला’ लेखेको पट्टी बाँधेर अनि ‘सरकार भेटियो न्याय भेटिएन’ पोष्टर छात्तिमा टाँसेर सतबीज छरिएको अभियान्ताहरुले जनाए । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । हत्या भएको चार महिना पूरा पुग्दा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारको चौतर्फी आलोचना बढ्दै गएको छ । दोषीलाई सार्वजनिक गर्न माग गर्दै देशव्यापी रुपमा "निर्मलाका निम्ती न्याय" अभियान नै सन्चालन भई रहेको छ । आजको दिन दिवङ्गत पितृको सद्गतिको...
टंक बुढाथोकी र सारिका घिमिरेको रातो गल्बन्दी सार्वजनिक (भिडियोसहित)

टंक बुढाथोकी र सारिका घिमिरेको रातो गल्बन्दी सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
काठमाडौं,मंसिर-२०। गायक तथा सङ्गीतकार टंक बुढाथोकी नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको नयाँ गीत ‘रातो गल्बन्दी मैले भिरेको, तिम्ले इशारा सुहाको गरेको’ सार्वजनिक भएको छ । यमनाथ मैनालीको शब्द, टंकको सङ्गीत रहेको गीतको भिडियो आज सार्वजनिक भएको हो । भिडियो: https://youtu.be/wTPpkRuVxm4 सुनिल क्षेत्रीको निर्देशन र कोरियोग्रा्फि रहेको गीतको भिडियोमा सुनिलसँगै अलिसा शर्मा, नेपाली ठिटोज र गायक गायिका फिचरिङ छन् । बुद्ध थापाको छायाँकन, विकाश ज्ञवालीको सम्पादनमा तयार भएको गीतको भिडियो सुन्दर बनेको छ । सारिका घिमिरे नायिका हुँदै पछिल्लो समय गायन क्षेत्रमा पनि चर्चा कमाउँदै आएकि छिन भने चर्चामा रहेका गायक हुन टंक बुढाथोकी । ‘हामीले स्रोता/दर्शकमाझ एउटा राम्रो गीत पस्किने जमर्को गरेका छौ पक्कै पनि स्रोता/दर्शकको रोजाइमा पर्छ होला’ टंक र सारिकाले बताए ।  ...
निर्मला हत्या प्रकरणमा फेरि अर्को रहस्य बाहिरियो, सामूहिक बलात्कार भएको आशंका

निर्मला हत्या प्रकरणमा फेरि अर्को रहस्य बाहिरियो, सामूहिक बलात्कार भएको आशंका

अपराध, समाचार, समाज
काठमाडौं,मंसिर-२०। १३ वर्षिय बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्ने देखिएको छ । प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत देखाएको छ । सामूहिक बलात्कारको आशंकामा चारजना पक्राउ परेका छन्, एकजना काठमाडौंबाट र तीन जना महेन्द्रनगरबाट । सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौंबाट पक्राउ परेका छन । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको प्रहरीले जनाएको छ । त्यस्तै, अन्य तीनजनालाई महेन्द्रनगरबाट पक्राउ गरिएको छ । उनीहरू चारैजना लागुऔषध दुर्व्यसनी रहेको र केहीले अपराध स्वीकार गरेको समेत प्रहरी उच्च स्रोत बताउँछ । तर, डिएनए परीक्षणबाट पुष्टि नभएसम्म औपचारिक विवरण सार्वजनिक नगर्ने प्रहरीले बताएको छ । केही युवकहरुले गल्ती आफूहरूले गरेको, तर प्रहरीले अरूलाई नै दुःख दिएको भन्दै आपसमा गरेको कुरा स्थानीयले सुनेका थिए । तिनै स्थ...