real madrid on spanish kings cup

काठमाडौं, मंसिर- २१ ।
रियाल मड्रिडले दोस्रो डिभिजनको मिलिला फुटबल क्लबलाई पाखा लगाउँदै स्पेनिस किङ्स कप अर्थात कोपा डेल रे को प्रिक्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

गएराति भएको दोस्रो लिगको खेलमा ६–१ को फराकिलो नतिजा निकाल्दै रियाल मड्रिडले अन्तिम १६ मा आफ्नोन स्थान सुरक्षित गरेको हो ।

यसअघि भएको पहिलो लिगमा ४–० को स्पष्ट जित निकालेको रियाल मड्रिडले समग्रमा १०–१ गोल अन्तरको फराकिलो जित हात पारेको हो ।

गएराति भएको एकतर्फी खेलमा रियालका लागि मार्को एसेन्सियो र इस्कोले २–२ गोल गर्दा हाभियर सान्चेज र भिनिसियस जुनियरले एक एक गोल थपे ।

कोपा डेल रे फुटबल प्रतियोगिताका अन्य खेलमा विजयी हुँदै स्पोर्टिङ गियोन, लेभान्ते, एथ्लेटिक बिल्बाओ र रियाल बेटिस पनि प्रि क्वाटरफाईनलमा प्रवेश गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here